Ultimate magazine theme for WordPress.

राजस्व गस्ति टोलीद्वारा १० के.जी. चरेस सहित एक जना भारतीय नागरिक पक्राउ

249

उमेश दुबे
पर्सा, २० मंसिर ÷ वीरगंज भन्सार राजस्व गस्ति टोलीले १० किलो लागु औषध चरेस सहित एक जनालाई पक्राउ गरेको छ । वीरगंज भन्सारको राजस्व गस्ति टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ संकराचार्य गेटको नजिकैबाट पक्राउ गरिएको हो ।
राजस्व गस्ति टोलीले संकराचार्य गेट नजिकै चेकजाच गरिरहेको अवस्थामा नेपालबाट भारततर्फ जादै गरेको अटो रिक्सामा चेकजाच गरिरहदा पक्राउ गरिएको राजस्व गस्ति टोलीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खडकाले बताउनु भयो । सशस्त्र प्रहरी नायब उपरीक्षक खडकाका अनुसार चेकजाच गरिरहेको बेला शंका लागि जिउ खानतलासी गर्दा सेटीङ गरेको अवस्थामा पक्राउ गरिएको बताउनु भयो ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश बेशोपुरो निवासी ४५ बर्षिय गिरीराज रहेको सशस्त्र प्रहरीले जनाएको छ । आज करिब रातिको ८ बजेको समयमा खटिएको राजस्व गस्ति टोलीले पक्राउ गरिएको गिरीराज सहित १० किलो ग्राम चरेस आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक खडकाले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.