Ultimate magazine theme for WordPress.

राजस्व गस्ति टोलीद्वारा १३ दिन नबितिदै ८१ लाख बराबरको मालसमान बरामद, तस्करहरुमा हडकम्प

249

उमेश दुबे
पर्सा, १४ मंसिर ÷ वीरगंज भन्सार राजस्व गस्ति टोलीले मंसिरको १३ दिनमा ८१ लाख बराबरको अवैध मालसमान बरामद गरेको छ । मंसिर महिनाको १३ दिनमा खटिएको राजस्व सशस्त्र प्रहरी टोलीले आफ्नो क्षेत्रको विभिन्न ठाउ“हरुबाट पक्राउ गरिएको हो ।
वीरगंज भन्सार राजस्व गस्ति टोलीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खडकाले १३ दिनमा ८१ लख ३४ हजार ६ सय ५५ रुपैया बराबरको अवैध मालसमानहरु पक्राउ गरी वीरगंज भन्सारमा बुझाइएको बताउनु भयो । उहा“ले जनगुनासो अनलाइन संग कुरा गर्दै यस आ.व. मा करिब ३ करोड बराबरको मालसमान पक्राउ गरी वीरगंज भन्सारमा दाखिला गरेको बताउनु भयो ।
नेपाल र भारतको सिमाना नाकामा पर्ने बिभिन्न नाकाहरुबाट अवैध तरिकाले भित्रिरहेको मालसमान पक्राउ गरी वीरगंज भन्सार बुझाइएको बताउनु भएको हो । राजस्व गस्ति टोलीले आफ्नो काम कर्तव्यबाट कहिलेपनि पछि नहटने बताउनु भयो । बारा र पर्सा जिल्लाको बिभिन्न ठाउ“हरुबाट धमाधम मालसमानहरु पक्राउ गर्न साथ तस्करहरुमा हडकम्प मचेको छ ।

Leave A Reply

Your email address will not be published.