Ultimate magazine theme for WordPress.

यु-१९ एसिया कपको उपाधि भारतलाई

41

कोलम्बो(एजेन्सी):श्रीलंकामा जारी एसीसी यु १९ एसिया कपको उपाधि भारतले जितेको छ। शुक्रबार कोलम्बोमा भएको फाइनलमा आयोजक श्रीलंकालाई ३४ रनले हराउँदै डिफेन्डिङ च्याम्पियन भारतले लगातार उपाधिमाथि कब्जा जमाएको हो।
कप्तान अभिषेक शर्माको सानदार प्रदर्शनपछि भारतले लगातार यु १९ एसियाकपमाथि कब्जा जमाएको हो। शुक्रवार टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २७३ रन बनाएको थियो। भारतका लागि हिमांशु राणाले ७१ र शुभम गिलले ७० रनको महत्वपूर्ण पारी खेलेका थिए। श्रीलंकाका जयाविकरमा तथा निपुन रनसिकाले तीन तीन विकेट लिएका थिए।

२७४ रनको लक्ष्य पछ्याएको घरेलु टोली श्रीलंका ४८।४ ओभरमा अल आउट हुँदै २३९ रनमा समेटिएको थियो। उसका लागि कामिन्डु मेन्डिसले ५३ तथा रेवेन केलीले ६२ रन बनाए।

भारतका लागि अभिशेक शर्माले सर्वाधिक ४ विकेट लिए। यस्तै राहुल चदरले ३ विकेट लिएका थिए। खेलमा अभिषेक म्यान अफ द म्याच बनेका थिए भने राणा प्लेयर अफ द सीरीज घोषित भएका थिए।

एसियाका नेपालसहित ८ राष्ट्र सहभागी टिममा नेपाल पहिलो चरणमा श्रीलंका र भारतसँग पराजित हुदै घर फर्किएको थियो।

Leave A Reply

Your email address will not be published.