काठमाडौं, १५ पुस: बाँकेको कोहलपुरमा नेकपा एमाले निकट युवासंघका सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार भएको छ ।
युवा संघका केन्द्रीय सदस्य बुढाथोकीमाथि बिहीबार राती ९ बजेति अज्ञात समूहले गरेको युवासंघले जनाएको छ ।
उनलाई उपचारका लागि भारतको लखनउ लगिएको छ ।
आफ्नो नेताको हत्याको प्रयास भएको भन्दै युवा संघले सरकार समक्ष घटनाको छानबिन गरी दोषिलाई कारवाही गर्न माग गरेको छ ।