युक्रेनमा एकजना युवकले आफ्नो नाम कानूनी रुपमै परिवर्तन गरी आइफोन सेभेन राखेका छन् ।
ती क्रेजी युवाले आफ्नो हुँदाखाँदाको नाम परिवर्तन गरी नाथे आइफोन सेभेन राख्नुको अनौठो कारण छ, त्यो हो सित्तैमा आइफोन सेभेन प्राप्त गर्नु ।
एपीका अनुसार २० वर्षे अलेक्जेन्डर टुरिनले आफ्नो नाम आइफोन सिम राखेका छन् । युक्रेनी भाषामा त्यसको अर्थ आइफोन सेभेन भन्ने हुन्छ ।
आइफोन सेभेन प्रमोसनका लागि पछिल्लो समयमा घोषित नीतिको फाइदा उठाउन उनले यसो गरेका हुन् । जस अनुसार आफ्नो नाम परिवर्तन गरी आइफोन सेभेन राख्ने पहिलो ५ जनालाई उक्त फोन निशुल्क दिइने उल्लेख छ ।
स्मरण रहोस् आइफोन सेभेनको मूल्य युक्रेनमा झण्डै साढे ८ सय डलर अर्थात् झण्डै ९० हजार पर्छ । तर कानूनी रुपमा नाम परिवर्तन गर्न केवल २ डलर शूल्क तिरे पुग्दछ ।
ती युवकले आफ्नो नाम परिवर्तन गरेर आइफोन राख्ने हठात निर्णयबाट उनका साथीभाई तथा परिवार सुरुमा त स्तब्ध भए । तर अहिले भने उनलाई सहयोग गरिरहेका छन् ।