Ultimate magazine theme for WordPress.

यस्ता छन् मन्त्रिपरिषद् बैठकको निर्णयहरु

152

काठमाडौं, माघ १४ : सरकारले डा.गोविन्द केसीसँग भएका सहमति कार्यान्वयन गर्न गौरीबहादुर कार्कीको संयोजकत्वमा समिति गठन गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले डा.श्रीकृष्ण गिरी र उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव सदस्य रहनेगरी समिति गठन गरेको हो।

यस्तै नेपाल सरकारका शाखा अधिकृतहरुको प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा शैलेन्द्र गिरीलाई नियुक्त गर्ने निर्णय गरेको छ। गरिबी निवारण कोषको उपाध्यक्ष छनोट समितिमा डा.महेन्द्र सिंहलाई नियुक्त गरिएको छ।

बैठकले एनआइडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने निर्णय समेत गरेको छ। स्थानीय तह पुनःसंरचना आयोगले पेश गरेको प्रतिवेदन राजनितक तहमा छलफल गरेर मन्त्रिपरिषदमा पठाउने निर्णय भएको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले बताए।

Leave A Reply

Your email address will not be published.