Ultimate magazine theme for WordPress.

मोर्चाका नेताले भने– सर्वोच्चले संविधान संशोधनको बाटो खोल्यो

70

राजबिराज, १९ पुस – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सर्वोच्च अदालतको फैसलाले संविधान संशोधनको बाटो खुलेको बताएका छन् ।

सप्तरी सदरमुकाम राजविराजमा मंगलबार बिहान आयोजित पत्रकार भेटघाटमा महतोले संसदमा दर्ता भएको संशोधन प्रस्ताव सरकारले तत्काल संसदमा टेबुल गरी परिमार्जनसहित पास गरेर मात्र निर्वाचनमा जानुपर्ने बताए ।

सर्वोच्चको फैसलापछि पनि विभिन्न बाहनामा संसद अवरुद्ध गरेमा आफूहरु चुप लागेर नबस्ने महतोले चेतावनी दिए ।

एमालेमुक्त मधेस अभियान चलाउने

मेर्चाका नेता तथा सद्भावना अध्यक्ष यादवले आफूहरुले अब एमालेमुक्त मधेस अभियान चलाउने बताए । अब एमालेमुक्त मधेसको अभियान सञ्चालन हुँदै, गाउँ गाउँबाट एमालेलाई बिदाई गरिने उनले चेतावनी दिए । इँटको जवाफ पत्थरले दिनुपर्ने महतोले मधेसविरोधी एमालेमुक्त अभियान चलाइने बताए ।

एमालेले मुलुकलाई युद्धतर्फ मोड्न लागेको आरोप लगाउँदै महतोले अब महाभारतको तयारी गर्नुपर्ने बताए । एमालेले एनजीओ आइएनजीको नाममा मधेसका जिल्लाहरुमा कार्यक्रम गर्न खोजेको भन्दै उनले उनले एमालेलाई एनजीओ/आईएनजीओको आवरणमा नभइ संविधान र राजनीति सम्बन्धि कार्यक्रम लिएर मधेस आउन चेतावनी दिए । कांग्रेस, एमाले र माओवादी केन्द्रमा लागेका मधेसीहरु गुलाम भएको समेत उनको आरोप छ ।

मधेसका केही नेताले गद्दारी गरेको आरोप

सद्भावना अध्यक्ष महतोेले मोर्चाका केही नेताले गद्दारी गरेको समेत आरोप लगाएका छन् । केही नेताले गद्दारी गरेपनि मधेसको आन्दोलन नरोकिने उनले चेतावनी दिए ।

महतोले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको नाम नलिइकन कसैले आफ्नो पार्टीबाट मधेसी शब्द हटाउँदैमा मधेसीको हकअधिकारको आन्दोलन नरोकिने बताए ।

Leave A Reply

Your email address will not be published.