Ultimate magazine theme for WordPress.

मोरिससका पूर्वराष्ट्रपति भन्छन्: नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वकै लागि उदाहरणीय

56

काठमाडौं, माघ ११ : मोरिससका पूर्वराष्ट्रपति कासाम उत्तिमले नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वकै लागि उदाहरणीय भएको बताएका छन्। मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा पूर्वराष्ट्रपतिको सो कुरा बताएका हुन्।

उनले नयाँ राजनीतिक प्रक्रियामा नेपाल सहभागी भएकोमा सर्हानासमेत व्यक्त गरे। नेपालको अनुभव अन्तराष्ट्रियरुपमै आदान प्रदान गर्न आफूहरु इच्छुक रहेको पनि उन बताए।

भेटका क्रममा प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रियामा अन्र्तराष्ट्रिय समुदायको सदभावप्रति आभार व्यक्त गर्दै अहिले आफूहरु प्राप्त उपलब्धी संस्थागत गर्दै संविधान कार्यान्वयनको चरणमा रहेको बताएका छन्।

Leave A Reply

Your email address will not be published.