Ultimate magazine theme for WordPress.

मोटरसाइकल दुर्घटना हुदा एक जना घाइते

88
रितेश पटेल
बारा, ८ पौष ÷ बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ९ मा मोटरसाइकल दुर्घटना हुदा एक जना घाइते भएका छन् । जितपुरबाट नितनपुरतर्फ आइरहेको मोटरसाइकल दुर्घटना हुदा एक जना घाइते भएका हुन ।
जितपुरबाट नितनपुरतर्फ आइरहेको बा.३.प ७६६४ नम्बरको मोटरसाइकल दुर्घटना हुदा मोटरसाइकल चालक घाइते भएका हुन । जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ९ साह पेट्रोल पम्प अगाडी भएको दुर्घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ । दुर्घटनामा परी घाइते भएका पहिचान हुन नसकेको र उपचारको लागि वीरगंज अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.