Ultimate magazine theme for WordPress.

मेयर सिंहको स्टन्टवाजीका कारण स्थानीय पिडामै बस्न बाध्य

82

पर्सा, ४ जेष्ठ / स्थानीय तहको निर्वाचन अगाडी ठुला ठुला भाषण गर्दै वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले निर्वाचित हुन सफल भएका थिए । चुनावी एजेन्डा बन्दै आएको सिर्सिया नदीको हकमा भन्ने हो भने खाने पानीसम्मको सफाई गरिनुको साथै संरक्षणमा कुनै किसिमको कसर बाकी नराख्ने बताउदै, भ्रष्टाचार गर्नेलाई निर्वाचित भएपछि हतकडी लगाउनेसम्मको भाषण ठोक्दै निर्वाचित भएका थिए ।
जनतालाई भ्रममा पार्दै भाषणवाजीको स्टन्टले राजेशमान सिंह स्थानीय निर्वाचनमा निर्वाचित भएपनि आफ्नै कुरामा अडिग हुन नसकेको उहाकै प्रतिकृयाले प्रष्ट भएको छ । सिर्सिया नदीमा फोहर, प्रदुषण मिसाउदै आएका उद्योगपतिहरुलाई कारवाहीको दायरामा ल्याउने पटक पटक भाषणवाजी गरेपनि नगरप्रमुख राजेशमान सिंह खास कुनै किसिमको कारवाही गर्न नसकेको स्पष्ट हुन्छ । केहि दिन अगाडी मात्र वीरगंज महानगरपालिकामा दुई जना पत्रकारहरुको रोहबरमा उद्योगपतिहरुलाई बोलाई ठुला ठुला भाषण गरेर प्रचार प्रसार गराउनमा तल्लीन रहेको देखा परे ।
सिर्सिया नदीमा प्रदुषण पानी र फोहर मिसाउने उद्योगपतिहरुलाई बैशाख २४ गते भित्र आफ्नो व्यवस्था अर्थात उद्योगबाट निस्केको फोहर पानीलाई आफै व्यवस्थित गर्न भन्दै प्रतिकृया दिएका थिए । बैशाख २५ गतेपछि सिर्सिया नदी प्रदुषण मुक्त अभियानमा आफै लाग्ने र सिर्सिया नदीमा फोहर पानी मिसाउने उद्योगलाई कारवाहीको दायरामा ल्याउने बताएका थिए । तर उहाले दिएको प्रतिकृया भाषणको स्टन्ट बाहेक केहि प्रमाणिकरण हुन सकेन ।
वीरगंज महानगरपालिका कार्यालयमा उद्योगपतिहरु संगको भेटघाटको बहानामा स्टन्ट गर्दै नगर प्रमुख राजेशमान सिंहले आफ्नै प्रचार प्रसार तथा हाइलाइट हुने दाउमा लागेको सहजै अनुमान वीरगंजका जनताहरुले गर्न थालेका छन । सिर्सिया नदीको प्रदुषणले बस्नै नसक्ने स्थानीयहरुलाई नगर प्रमुखको भाषणवाजीको स्टन्ट र आश्वासन मै बस्नु पर्ने बाध्यता रहेको स्थानीय बताउछन ।
यता नारायणी अस्पतालका डा. उदय नारायण सिंहका अनुसार सिर्सिया नदीको प्रदुषणका कारण वरीपरी बस्ने सर्वसधारणमा रोग लाग्न सक्ने बताए । बढ्दै गएको गर्मी संगै सिर्सिया नदीको प्रदुषण पानी र त्यसमा पनि उद्योगहरुले मिसाउदै आएको बिभिन्न किसिमको केमिकलका कारण वरपर बस्ने स्थानीयहरुमा रोग फैलिन सक्ने प्रबल सम्भावना रहेको बताए । समयमै वीरगंज महानगरले चासो नदेखाए भ्यावह स्थित आउन सक्ने समेत औल्याए ।
यता नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ का सभापति महम्द सहाबुदिनका अनुसार सिर्सिया नदीलाई स्थानीय नेताहरुले कमाई खाने भाडो बनाएको आरोप लगाएका छन । उनका अनुसार वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले हिन्दुहरुको महान पर्व छठको समयमा मात्र अनुगमन गर्ने र छठ पर्ब सम्पन्न हुनसाथ उद्योगी व्यापारीहरु संग मोटो रकमको नजराना बुझदै मौन धारण गर्ने गरेकोले सिर्सिया नदीलाई प्रदुषण मुक्त गराउन नसकिएको आरोप लगाए ।
यता वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले स्थानीय निर्वाचन अगाडी ठुला ठुला भाषण गर्दै जनता संग गरेको वाचा के कति पुरा गरेको बारे बुझन खोज्दा सम्पर्कमा आउन चाहेन्न । अर्थात फोन उठाउन मानेन्न । सिर्सिया नदीको प्रदुषणले बस्नै नसक्ने स्थानीयहरुको पिडालाई मध्यनजर गर्दै सिर्सिया नदी प्रदुषण मुक्त गर्ने अभियानमा ध्यान केन्द्रित गर्दै अगाडी बढ्न मेयर सिंहलाई स्थानीयहरुले आग्रह गरेका छन ।

Leave A Reply

Your email address will not be published.