Ultimate magazine theme for WordPress.

मेगा बैंक ठग संग मिलेर ग्राहकलाई ठग्दै

3,508

उमेश दुबे
पर्सा, २३ असार ÷ मेगा बैंकले ठग संग मिलेर सोझा सोझा ग्राहकलाई ठग्दै आउदै गरेको रहस्य सार्वजनिक भएको छ । ग्राहकलाई जग्गा र घर दिलाई दिने बाहानामा मेगा बैंकले ठग्दै आएको रहस्य उजुरीको आधारमा प्रहरीले पक्राउ गर्नसाथ यस्तो रहस्य खुलेको हो ।
महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा परेको उजुरीको आधारमा प्रहरीले ठगि गरेको अभियोगमा एक जना महिलालाई पक्राउ गरेको छ । पर्सा जिल्लाको वीरगंज महानगरपालिका घर भई हाल काठमाण्डौ महानगरपालिका वडा नम्बर २७ बस्दै आएका उतम कुमारले पौडेलद्वारा आफु ठगि भएको भन्दै दिएको उजुरीको आधारमा एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । मेगा बैंकले पक्राउ भएकी ४७ बर्षिय भुमादेवी गौतम संग मिलेर ग्राहकलाई ठगि गर्दै आएको रहस्य खुलेको हो ।
उजुरी पर्नसाथ महानगरीय प्रहरी अपराध महाशाखा टेकुले गरेको सर्च अभियानमा भुमादेवी गौतम, मेगा बैंकको उच्च व्यवस्थापन संग नजिक देखिएकोले प्रहरीले पक्राउ गरेको छ । उजुरी दिएको उतम कुमारले बैंक संग समन्वय गरी गौतमले आफुसंग करोडौ रुपैया ठगि गरेको बताए । पक्राउ परिएकी गौतम हाल महाराजगंज प्रहरीको नियन्त्रणमा रहेकी छन् ।
यति मात्र नभई भुमादेवी गौतम पक्राउ हुनसाथ गौतमको वास्तवीक्ता बाहिर आउन थालेको छ । ४७ बर्षिय महिला गौतमको पेशा नै सोझा सोझा बैंकका ग्राहक संग ठगि गर्नु हो । त्यस्तै बैकिङ कसुरमा मकवानपुर जिल्ला हेटौडा उप—महानगरपालिका वडा नम्बर ३ बसामाडी बस्ने सिताराम बर्तौला समेतलाई समेत ठगि गरेको बारे सार्वजनिक भएको छ । बर्तौला संग २ करोड ८६ लाख ठगि गरेको बताइएको छ । पक्राउ परेकी गौतमले आफ्नै लोग्ने संग मिलि करोडौ रुपैया ठगि गरेको उजुरीकर्ताहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.