Ultimate magazine theme for WordPress.

मृतक परिवारलाई मोर्चाले दियो किरिया खर्च

59

राजविराज,चैत २ :एक हप्ता अगाडि प्रहरीको गोली लागेर मृत्यु भएका पाँचैजनाको परिवारजनसँग मधेसी मोर्चाका नेताले किरिया खर्च प्रदान गरेका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले मृतक पाँचै जना परिवारलाई मोर्चाको तर्फबाट प्रत्येक परिवारलाई जनही ५१ हजार रुपैयाँका दरले किरिया खर्चबापत आर्थिक सहयोग गरेका छन् ।

मोर्चाका अध्यक्ष दिनेशकुमार यादवसहित अन्य नेता तथा कार्यकर्ताले मृतक परिवारलाई घरमै पुगेर किरिया खर्चबापत आर्थिक सहयोग गरेको मोर्चाले जनाएको छ ।

नेकपा (एमाले)को मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत सप्तरीमा आयोजित जनसभालाई बिथोल्न पुगेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच एक हप्ता अगाडि झडप भएको थियो ।

सो झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर सप्तरीको मलेठ गाविस–२ निवासी २५ वर्षीय सञ्जन मेहता, मलेठ–४ का ५० वर्षीय पीताम्बर मण्डल, प्रसवनी–४ टेङ्गरी घर भएका ३५ वर्षीय सिनियर अहेव आनन्दकुमार साह र मलेठ–४ का वीरेन्द्र महतो तथा जमुनी मधेपुरा गाविस–१ निवासी ५५ वर्षीय इनरदेव यादवको मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.