Ultimate magazine theme for WordPress.

मुलुकलाई निकास दिनुको विकल्प छैन ( अध्यक्ष झा )

104

पर्सा, ८ पुस, नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिलकुमार झाले अवरुद्ध संसद् सञ्चालन गरी मुलुकलाई निकास दिन प्रमुख प्रतिपक्षी नेकपा(एमाले)लाई आग्रह गर्नुभएको छ ।
उहा“ले एमाले सरकारमा रहेकै बेला तयार पारेको संशोधन प्रस्तावलाई वर्तमान सरकारले संसद्मा दर्ता गर्दा सोको विरोधमा संसद् अवरुद्ध पारी मुलुकलाई असहज परिस्थितितर्फ डो¥याउनु कसैको हितमा नभएकाले अवरुद्ध संसद्लाई सञ्चालन गरी मुलुकलाई राजनीतिक निकास दिन एमालेलाई आग्रह गर्नुभयो ।
नेपाल सद्भावना पार्टी, पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका नेता झाले राजनीतिक दलबीचको असमझदारीले लोकतन्त्रलाई कमजोर पार्ने हु“दा मुलुकलाई निकास दिनुको विकल्प नभएको विचार व्यक्त गर्नुभयो ।
“लोकतन्त्रको विकल्प हुनै नसक्ने र राजनीतिक असमझदारी वार्ता तथा संवादबाट समाप्त पारी मुलुकलाई निकास दिन दलहरू सक्षम रहेकाले निकट भविष्यमै एमाले पार्टीका नेताहरूले हाल देखिएको गतिरोधलाई समाप्त पार्दै मुलुकलाई निकास दिने”(अध्यक्ष झाले विश्वास व्यक्त गर्नुभयो ।
उहा“ले संशोधन प्रस्तावको विषयलाई लिई लामो समयदेखि संसद् अवरुद्ध भए पनि का“ग्रेस र माओवादी केन्द्रका नेताहरू अवरुद्ध संसद् सञ्चालन गराउनेतर्फ गम्भीर नदेखिएको टिप्पणी गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.