Ultimate magazine theme for WordPress.

माथिल्लो निकायकै सेटीङमा प्रदेश नम्बर २ को बिभिन्न नाकाबाट तस्करी तिब्र

269

उमेश दुबे
पर्सा, २१ चैत्र ÷ प्रदेश नम्बर २ कै बिभिन्न जिल्लाहरुको सीमा नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा तस्करी तिब्र रुपले बढेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको माथिल्लो निकायकै सेटीङमा प्रदेशको बिभिन्न नाकाहरुबाट तस्करी कार्य शुरु भएको हो ।
प्रदेश नम्बर २ मा नेपाल प्रहरीका डिआईजी हरिबहादुर पालको आग्मन संगै सीमा नाकाबाट तस्करी सुचारु भएको हो । बिगत केही महिनादेखी डिआईजी हरिबहादुर पालले रकम संकलनको लागि बारा, पर्सा, रौतहट, सर्लाही, महोतरी, धनुषा, सिरहा र सप्तरीमा सादा पोशाकमा घुमुवा टोली परिचालन गरेका छन् । घुमुवा टोली मध्ये हालको समयमा एक जनालाई इलाका प्रहरी कार्यालयको प्रमुखको रुपमा चयन गरी बारा जिल्लामा पठाइएको समेत चर्चा चल्न थालेको छ । डिआईजी पालले प्रदेश नम्बर २ को ८ वटा जिल्लाहरु मध्ये ६ वटा जिल्लाहरुको लाइन खुल्ला गरेको एक जना प्रहरी श्रोतले बताएका छन् । श्रोतले आफ्नो नाम नछाप्ने सर्तमा प्रदेश नम्बर २ को प्रमुखको रुपमा बसेका डिआईजी पालले सशस्त्र प्रहरीको माथिल्लो निकायलाई समेत समन्वय गरी नाका खुलाउन सफल भएको बताए ।
सिरहा जिल्लाको माडर, बरियारपटी, झाचपटी, लौका ठाडीलगायतको सीमा नाकाबाट तस्करी सुचारु भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको माथिल्लो किायसम्म मोटो रकमको नजराना बुझे पश्चात तस्करीको लाइन सुचारु भएको बताइएको छ । डिएसपीबाट बढुवा भई एसपी हुनु भएका संतोष खडकाको माध्यमले मोटो रकमको नजराना माथिल्लो निकायसम्म पुग्ने गरेको बताइएको छ । सिरहाको सीमा नाकाबाट नुनदेखी सुन सम्मको तस्करी तिब्र रुपले बढेको छ ।
माथिल्लो निकायकै आदेशमा सिरहाको माडर भन्सार हुदै राजिव यादव, उपेन्द्र साह, प्रमोद यादव लगायतका नामुद तस्करहरु तस्करीमा तिब्रता दिएको बताइएको छ । माडर भन्सार हुदै नुनदेखी सुनसम्मको तस्करी तिब्र रुपले बढेपनि माथिल्लो निकाय मौन हुनु ठूलै रकमको चलखेल रहेको बुझिन्छ । सिरहाको बरियारपटीबाट ज्ञान, नथुनी, महेन्द्र भनिने नामुद तस्करहरु मरिच, केराउ र कपडाको तस्करी कार्य तिब्र रुपले बढाएका छन । त्यसैगरी झाचपटी नाकाबाट कुख्यात तस्कर आनन्द भनिनेले केराउ र मरिचको कार्यलाई तिब्रता दिएका छन् । लाखौ रुपैया माथिल्लो निकायलाई नजराना बुझाए पश्चात पिकअपको माध्यमले कारोवारलाई अगाडी बढाएको प्रहरी श्रोतको दावी रहेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको माथिल्लो निकायको पदाधिकारीहरु रकममा लिप्त हुन थालेपछि सप्तरीबाट समेत तस्करीको लाइन फस्टाएको पाइन्छ । सप्तरीको पातु, बेलही, सिमरा लगायतका ठाउहरुबाट समेत तस्करी तिब्र रुपले बढेको छ । स्थानिय बि.ओ.पी र प्रहरी चौकीको माध्यमले माथिल्लो निकायसम्म रकम जाने गरेको सप्तरीका एक जना प्रहरी हवलदार आफ्नो नाम नछाप्ने सर्तमा बताएका छन् । त्यसैगरी धनुषा जिल्लाको जटही, खजुरी, धनौजी लगायतका नाकाहरुबाट तस्करी कार्य फस्टाएको छ । धनुष जिल्लाबाट ठूला वडा तस्करहरुले लाइन चलाएको बुझिएको छ । धनुषा जिल्लाको बिभिन्न नाकाहरुबाट बरतुल्लाह, सन्तुल्लाह, नइम, जितो, रामजिवन, धर्मेन्द्र, सुरेश साह, चाची, कलाम, सोहन जलान, बिजय, रंजित, रहमान, इस्माइल, अलि, उमेश लगायतका तस्करहरु नुनदेखी सुनसम्मको तस्करीलाइ तिब्रता दिएको बताइन्छ । त्यसैगरी धनुषामा हुन्डी कारोवारीहरु समेत त्यस्तै बढेको छ । राजकुमार पासवान, पवन यादव, खन्डेलवाल, दिलिप नामक ठूलै हुन्डी कारोवारी रहेको श्रोतको दावी रहेको छ ।
यता महोतरी, सर्लाही, रौतहट, बारा, पर्साको सीमा नाकाबाट समेत तस्करी ह्वातै बढे पश्चात माथिल्लो निकाय माथि प्रश्ण चिन्ह खडा हुन थालेको छ । महोतरीको मठियानी, समसी, भिठामोडबाट केराउ, मरिच, कपडाको तस्करी तिब्र रुपले बढेको छ । स्थानिय प्रहरी प्रशासनदेखी माथिल्लो निकायसम्म तस्कर संगठनले मोटो रकमको नजराना बुझाए पश्चात तस्करी कार्य सुचारु भएको बताइएको छ । सर्लाही जिल्लाको संग्रामपुर, त्रिभुवनगर लगायतको नाकाहरुबाट तस्करी कार्य फस्टाएको छ । बेचु पटेल, श्याक यादव, गरिब दास, संतोष भनिनेले कपडा, भडाकुडा, सुर्ति लगायतका कार्यहरु गरिने गरेको बताइएको छ । रात्री बसमा समेत मालसमान ढुवानी गर्ने गरेको बताइन्छ ।
त्यसैगरी रौतहट, बारा र पर्साबाट समेत तस्करी बढेको छ । नेपालकै आर्थिक नगरीको रुपमा मानिएको वीरगंज भन्सार अगाडीबाटै मरिचको तस्करी टेम्पुको माध्यमले भइरहेको छ भने ग्रामिण भेगहरुमा पर्ने अलौ, भिष्वा, अमरपटी, आसवारी, मिर्जापुर, जानकीटोला, सुवर्णपुर, ठोरी लगायतका नाकाहरुबाट तस्करी बढेको पाइएको छ । कपडा, मरिच, केराउ, भाडाकुडा, हार्डवेयर, चल्ला लगायतको तस्करी माथिल्लो निकायकै निर्देशनमा बढेको बताइन्छ । पर्साको भिष्वा नाका हुदै प्रति दिन एक ट्रक बराबरको केराउ भारततर्फ पुगेपनि माथिल्लो निकाय मौन हुनु ठूलै रकमको चलखेल रहेको बुझिन्छ । पर्सा, बारा, रौतहट, सर्लाही, महोतरी, धनुषा, सप्तरी, सिरहा लगायतका सीमा नाकाबाट माथिल्लो निकायलाई करोडौ रुपैया महिनवारी जाने गरेको श्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.