Ultimate magazine theme for WordPress.

महिल फोरम नेपालको वडा भेला सम्मपन |

123

वीरगंज २७ मंसिर, सघीय समाजबादी फोरम नेपाल बीरगज–२१ भवानीपुरको वडा भेला सम्पन्न भएको छ ।

भेलालाई सम्बोधन गर्दै संघिय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदिप यादवले विशेषगरी मधेसका ग्रामिण भेगमा रहेका महिलाहरु पिछडिएकाले सम्पूर्ण मधेसी महिलाहरु एकजुट भएर आफ्नो हक अधिकारको लागि अगाडि आउनु पर्नेमा बेला आएकोमा जोड दिनु भयो ।

बिगतमा मधेसको हक अधिकारको लागि भएको आन्दोलनमा महिलाहरुको उल्लेखनिय भुमिका निर्वाह गरेको चर्चा गर्दै आफु र आफ्नो पार्टी महिला माथि हुने विभिन्न खालका हिंसाको विरुद्धमा रहेको बताउनु भयो । महिलाहरुको विकासको लागि सरकार तथा सम्बन्धित निकायहरुले शिपमुलक तालिम संचालन गर्नु पर्नेमा जोड दिदै आफुले पनि महिलाहरुको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

सो भेलाले राबडी देबी कुर्मीनको अध्यक्षतामा २१ सदिस्य वडा कमिटी गठन भएको छ । जसको उपाधयक्षमा अनिता देबी, सचिवमा शारदा देबी पासवान, कोषाध्यक्षमा ललिता देबी लगायत २१ सदिस्य कमिटी चयन भएको छ । सो अवसरमा संघिय समाजवादी युवा फोरम नेपालका केन्द्रिय सदस्य सरोज यादव, वडा इकाई अध्यक्ष मोहन राउत कुर्मी, क्षेत्रिय सदस्य शिवनाथ राउत कुर्मी लगायतको सक्रिय सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.