Ultimate magazine theme for WordPress.

महासंघको साधारणसभा पुष २९ मा मुल व्यवस्थापन समितीको जिम्मा यादवलाई

58

वीरगंज ४ पौष ÷ मंगलवार बसेको नेपाल पत्रकार महासंघ पर्सा शाखाको बैठकले यसै महिनाको २९ गते महासंघको २२ औं साधारण सभा महासंघ कै भवनमा गर्ने निर्णय गरेको छ । शाखाका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा सम्पन्न बैठकले साधारणसभा सफल पार्न कोषाध्यक्ष भूषण यादवको संयोजकत्वमा मुल व्यवस्थापन समिती गठन समेत गरेको छ । गठित समितीको सदस्यहरुमा आरके पटेल, निलिमा पौडेल, अमित अग्रवाल, मनोज पटेल, पुष्पराज तिमल्सिना रहेका छन् । समितीले आवश्यकता अनुसार परामर्श गरी कार्यसमिती र अन्य सदस्यहरुसँग समेत समन्वय गरी अधिवेशन भव्य र सभ्य बनाउने जिम्मेवार समेत दिइएको छ । अधिवेशनमा साँगठानिक र आर्थिक प्रतिवेदन पेश गर्न समेत सचिव र कोषाध्यक्ष जिम्मेवारी दिइएको छ ।

Leave A Reply

Your email address will not be published.