Ultimate magazine theme for WordPress.

मधेसि मोर्चाले सरकारलाइ दिएको समर्थन फिर्ता लिने निरणये गरेको छ

128

विरगन्ज, फागुन २४ सप्तरी घटनापछि मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । घटना हिजो सप्तरीमा भएको लगत्तै मोर्चाको आकस्मिक वैठक बसी सरकारलाई दिंदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । मोर्चाले आज सभामुखलाई पत्र लेखेर समर्थन फिर्ता लिएको औपचारिक जानकारी गराउने निर्णय गरेको मोर्चाका नेता लक्ष्मण लाल कर्णले सीआईएनलाई बताउनुभयो । यस्तै मोर्चाले २४ र २५ गते मधेस बन्दको घोषणा पनि गरेको छ । बन्दले पूर्वी र मध्ये तराईको जनजीवन प्रभावित बनेको रेडियो छिन्नमस्ता सप्तरीले जनाएको छ ।morcha-release-falgun-23-2073
मन्त्रिपरिषद बैठक बस्दैः
नेपाल सरकार मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बैठकमा हिजो सप्तरीमा भएको घटना, मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछिको अवस्थाबारे छलफल गर्न बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिए । बैठक साँझ ६ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।morcha-emergency-meeting-24-falgun
विरगन्जसिटी

Leave A Reply

Your email address will not be published.