Ultimate magazine theme for WordPress.

भिस्वा नाकाबाट रूकेन तस्करी, राजस्व गस्ती टोलिद्वारा १५ वटा गाई र भैंसी पक्राउ

294

उमेश दुबे
पर्सा, २३ चैत्र / पर्सा जिल्लाको भिस्वा नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सहयोगमा चौपायाको तस्करी बढेको पाइएको छ । ग्रामीण भेगमा पर्ने र पर्साको दोस्रो नाकाको रूपमा चिनिने भिस्वा नाका प्रहरी कै सहयोगमा तस्करहरूको अखडा बनेको हो ।
बिहिवार राती बिरगंज भन्सार राजस्व गस्ती टोलिले विशेष सूचना पाउन साथ भिस्वा नाकाबाट नेपाल भित्रिरहेको ७ वटा भैंसी र ८ वटा गोरु पक्राउ गर्न सफल भएको छ । प्रहरीकै सहयोगमा भिस्वा नाकाबाट गाई/गोरु/भैसीको तस्करी तिब्र रूपले बढेकोले बिरगंज भन्सार राजस्व गस्ती टोलि पक्राउ गर्न सफल भएको हो । भारतबाट अबैध तरिकाले नेपाल भित्रिदै गरेको ७ वटा भैंसी र भारततर्फ जाँदै गरेको ८ वटा गोरु राजस्व गस्ती टोलिले बिहिवार राती पक्राउ गरेको थियो । बिरगंज भन्सार राजस्व गस्ती टोलिका प्रमुख डिएसपि तिलक खडकाको कमाण्डमा खटिएको टोलिले भैंसी र गोरु गरि १५ गोटा पक्राउ गर्न सफल भएको बताउनु भयो ।
डिएसपी खडकाका अनुसार पर्साको लङ्डीबाट पक्राउ गरिएको र अवाश्यक कारवाहिको लागि बिरगंज भन्सारमा शुक्रवार बुझाइएको बताउनु भयो । बिरगंज भन्सार कार्यालयका अनुसार राजस्व गस्ती टोलिले पक्राउ गरि बुझाइएको गोरु र भैंसी ५ लाख ५० हजार बराबरमा लिलामी गरिएको बताएको छ ।
यता नेपालकै आर्थिक नाकाको रूपमा चिनिने बिरगंज भन्सार क्षेत्र र बाराको मटिअर्वा नाकामा प्रहरीको कडाइ हुनसाथ पर्सा जिल्ला ग्रामीणको मुख्य नाकाको रूपमा चिनिने भिस्वा नाकाबाट गाई/गोरु/भैसिको तस्करी फस्टाएको छ । भिस्वा नाकाबाट तस्करी बढेपनी माथिल्लो निकायको मौनताले प्रश्न चिन्ह खडा गरेको छ ।

Leave A Reply

Your email address will not be published.