Ultimate magazine theme for WordPress.

भारतबाट नेपाल छिरेको अबैध ५ हजार चल्ला सशस्त्र प्रहरीद्वारा बरामद

312

उमेश दुबे
पर्सा, १ चैत्र / नेपाल र भारतको सीमा नाका हुँदै नेपाल भित्र छिरेको ५ हजार चल्ला सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट नेपाल छिरेको अबैध चल्ला सहित २ वटा भारतिय नम्बरको मोटरसाइकल बिरगंज भन्सार राजस्व गस्ती टोलिले बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा राजस्व गस्ती टोलिका प्रमुख डिएसपी तिलक खडकाको कमाण्डमा खटिएको प्रहरी टोलिले पर्साको बिन्दवासनी नजिकबाट पक्राउ गर्न सफल भएका हुन । राजस्व गस्ती टोलिका प्रमुख डिएसपी खडकाले नियन्त्रणमा लिएको ५ हजार चल्ला नस्ट गर्नुको साथै भारतिय मोटरसाइकल अवाश्यक कारवाहिको लागि बिरगंज भन्सारमा बुझाइने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.