Ultimate magazine theme for WordPress.

बिरगंज भन्सार यात्रु शाखाको कर्मचारीले मचाए आर्थिक तान्डव, भारतीय सवारी साधन सङ्ग ४ देखि ८ हजारसम्मको महिनवारी

210

पर्सा, १६ असोज / मुलूककै आर्थिक नगरी बिरगंज अर्थात बिरगंज भन्सारकै कर्मचारीले आर्थिक तान्डव मचाएको बारे बेला कुबेला समाचार प्रकाशित भएपनी अर्थ मन्त्रालय समेत चुपी साधेर बसेको पाइन्छ । बिरगंज भन्सार कार्यालय मातहात रहेको यात्रु शाखामा कार्यरत रहेका कर्मचारीले आर्थिक तान्डव नै मचाएको बेला बिरगंज भन्सार कार्यालय प्रमुख लगायत अर्थ मन्त्रालय समेत चुपी साधेर बसेको पाइएको हो ।
बिरगंज भन्सार कार्यालयको यात्रु शाखामा कार्यरत रहेका जितेन्द्र पटेल, अरूण यादव र सिकेन्द्र लामाले अस्थायी पासको नाममा लाखौको महिनवारी खाने गरेको रहस्य बाहिरिएको छ । बिरगंज क्षेत्र लगायत पर्साको पोखरियासम्म र बिरगंजदेखि बाराको जितपुरसम्म रहेको भारतीय नम्बरका सवारी साधन सङ्ग प्रति दिन अस्थायी पास बनाउनका लागि मासिक ४ हजारदेखी ८ हजारसम्म लिने गरेको पाइन्छ । भारतीय नम्बरको सवारी साधन सङ्ग मासिक रूपमै महिनवारी लिन थालेपछी नेपालमा भारतीय सवारीको संख्या समेत वृद्धि भएको सजिलै बुझन सकिन्छ । नियमानुसार भारतीय सवारी साधनलाई देखेर मात्र अस्थायी पास दिने प्रावधान रहेपनि नियम कानुनको धोती लगाउदै तिन जना करारका कर्मचारीहरुले मासिक लाखौ रुपैया असुल गर्ने गरेका छन ।
बिरगंज भन्सारका तीन जनै करारका कर्मचारी रहेको र तीन जनै करार कर्मचारीले मासिक रकम उठाएर बिरगंज भन्सार कार्यालय प्रमुखलाइ बुझाउदै आएको एक कर्मचारी श्रोत बताउछन । उनका अनुसार यात्रु शाखाको तीन जनै अर्थात जितेन्द्र पटेल, अरूण यादव र सिकेन्द्र लामा बिरगंज भन्सार कार्यालय प्रमुख दिपक लामिछानेको बिश्वासिलो पात्रको रूपमा मानिने गरिन्छन । कमिसन र घुसको रकम उठाउनमा माहिर रहेका कर्मचारीहरू मासिक रूपमै बिरगंज भन्सार कार्यालय प्रमुखलाइ ५ लाख रूपैया नजराना बुझाउने गरेकै कारण हालसम्म कुनै किसिमको कारवाही हुन नसकेको श्रोतको दाबी छ ।
यस बिषयमा बिरगंज भन्सार कार्यालयका प्रमुख दिपक लामिछाने आफु कुनै किसिमको रकमको भरमा कर्मचारी नियुक्त नगरेको बताए । यात्रु शाखाको सबै कर्मचारीलाई मोवाइलमा समेत रोक लगाइएको भन्दै आफु वीरगंज भन्दा बाहिर रहेको र यस बिषयमा वीरगंज भन्सार प्रमुख अधिकृत राम पाठक संग कुरा गर्न सुझाव दिदै पन्छिन खोज्नु भयो ।
यता वीरगंज भन्सार प्रमुख अधिकृत राम पाठकले प्रमाण भए आफुलाई उपलब्ध गराएपछि मात्र कारवाही गरिने बताउनु भयो । उहाले कुनैपनि मिडियामा समाचार प्रकाशित भए कारवाही गर्न नसकिने तर आफुलाई प्रमाण दिए मात्र कारवाही अगाडी बढाउने भन्दै सजिलै धम्काएका थिए । वीरगंज भन्सार भित्रबाटै यस्ता गैर कानुनी कृयाकलाप भइरहेको बिषयमा नेपाल सरकार अर्थ मन्त्रालय भन्सार बिभागको ध्यान जान अति अवाश्यक रहेको देखिन्छ ।

Leave A Reply

Your email address will not be published.