Ultimate magazine theme for WordPress.

बिरगंजमा नाबालिक बलात्कृत

37

बिरगंज, पुष १९ – बिरगंज उपमहानगरपालिका १९ इनर्वामा आठ वर्षीया बालिकालाई ५३ वर्षका भारतीय नागरिकले बलात्कार गरेको खुलासा भएको छ ।

भारत बिहारको रामगढवा थानाको अमोदइ गाउँ घर भइ वीरगन्जको इनर्वास्थित ससुराली घरमा बस्दै आएका ५३ वर्षीय अब्दुल रहिम मियाँले गत पुस १५ गते आठ बर्षीया बालिकालाई बलात्कार गरेको खुलासा भएको हो ।

दिउँसो तीन बजे मियाले चक्लेटको प्रलोभन दिएर बालिकालाई आफनो ससुराली घरको सुत्ने कोठामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । बालिकाको बलात्कार पुस १५ गते भएको भएपनि पीडित बालिकाका अभिभावकले सोमबार मात्र थाहा पाएका थिए ।

चार दिनदेखि आफनी छोरी सुस्त र एकहोरो भएको देखेपछि बालिकाका बुबाले सोमबार सोधीखोजी गर्दा बालिकाले घटनाका बारेमा बताएकी हुन् ।

अभिभावकको उजुरीका आधारमा आरोपित मियालाई सोमबार नै पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

बालिकालाई नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परिक्षण गराएर अभिभावकको जिम्मा लगाइएको छ । आरोपित मियालाई भने जिल्ल प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए ।

अन्नपुर्णपोस्ट बाट

Leave A Reply

Your email address will not be published.