Ultimate magazine theme for WordPress.

बिधार्थी र प्रहरी बिच झडप, झडपमा परी २ जना बिधार्थी घाइते

340

रितेश पटेल

पर्सा, ११ पौष ÷ वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगीले अधिकार भन्दा बाहिर गई प्रध्यापकलाई सरुवा गरेको भन्दै बिरोध प्रदर्शण गरेका छन् । बिरोधमा उत्रिएका बिधार्थी र प्रहरी बिच झडप हुदा २ जना बिधार्थी घाइते भएका हुन ।

वीरगंज महानगरपालिका भित्र रहेको ८ वटा बिद्यालयहरुको प्रध्यापकलाई आफ्नो अधिकार भन्दा बाहिर गई मेयर बिजय सरावगीले सरुवा गरेको भन्दै आन्दोलनमा उत्रिएका छन् । वीरगंजको बिभिन्न बिद्यालयहरुबाट बिरोधमा उत्रिएका बिधार्थीहरु मकालु चौक, माइस्थान, घण्टाघर लगायतका ठाउहरुमा प्रदर्शण गरिरहेकै बेला प्रहरी हस्तक्षेप गरी बिधार्थीलाई कुटपिट गरेको बताएका छन् । प्रहरीले बिरोधमा हस्तक्षेप गरी दबंगै पाराले नियन्त्रणमा लिन खोज्दा बाध्य भई आन्दोलनमा उत्रिनु परेको बिधार्थीहरु बताउछन् । अहिले वीरगंजको बिभिन्न ठाउहरुमा बिधार्थीहरुले मेयर बिजय सरावगी र प्रहरीले गरेको दवंगैको बिरोधमा नारावाजी लगाउदै सम्पूर्ण आवगमनका यातायात ठप्प पारेका छन् । बिधार्थीहरुले आन्दोलनमा गर्दा वीरगंजको यातायात ठप्प हुनुको साथै सम्पूर्ण पसलहरु बन्द रहेको छ ।

Leave A Reply

Your email address will not be published.