Ultimate magazine theme for WordPress.

बिजि बिइ किड्स प्रि स्कूलद्वारा बार्षिक उत्सव तथा होलि मिलन कार्यक्रम भब्यताका साथ सम्पन्न

122

पर्सा, २ चैत्र / बिजि बिइ किड्स प्रि स्कूलद्वारा तेश्रो बार्षिक उत्सव र होलि मिलन कार्यक्रम भव्यताका साथ मनाइएको छ । संस्थाका संस्थापक रोशनी श्रीवास्तवको अध्यक्षतामा तेश्रो बार्षिक उत्सव र होलि मिलन कार्यक्रम भव्यताका साथ मनाइएको हो ।
तेश्रो बार्षिक उत्सव र होलि मिलन कार्यक्रममा ५० जना बिधार्थीलाई सम्मान स्वरुप उपहार दिइएको छ । कार्यक्रममा संस्थाका संस्थापक रोशनी श्रीवास्तवले आउदो दिनमा विधार्थीहरुको हरेक समयमा चाहिने सहयोग गर्न तयार रहेको बताइन । उहाले बिधार्थीहरुले हालसम्म गरेको प्रगतिको बिषयमा बर्णण गर्दै अगामी दिनमा पनि उच्च प्रतिशत ल्याउनेहरुलाई बिभिन्न किसिमको उपहार स्वरुप सम्मान गर्ने बताइन ।
पल्लवी हलल्काको प्रमुख अतिथिमा सम्पन्न भएको उक्त कार्यक्रममा अतिथि प्रदिप चौरसिया, सुशिला साह, तस्बिरण खातुन, नेहाल खान लगायतको सहभागिता रहेको थियो भने ५० जना बिधार्थीको अभिभावक सहभागी रहेको स्कूलले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.