Ultimate magazine theme for WordPress.

बारा र पर्साको सिमाना नाकामा घुमुवाहरुको आतंक

97

उमेश दुबे
वीरगंज, १८ कार्तिक ÷ पर्साको सिमाना नाकाबाट प्रहरीहरुकै मिलोमतोमा तस्करी कार्य शुरु भएको छ । नजिकदै गरिएको तिहार तथा छठ पर्बको मौका छोपी प्रहरीले ठूला वडा तस्करहरु स“ग मोटो रकमको नजराना बुझे पश्चात लाइन खोलिएको बताइएको छ ।
पर्साको ग्रामिण भेगका नाकाहरुबाट तस्करीको लाइन खोलिएको श्रोतले जनाएको छ । श्रोतले जनाए अनुसार पर्साको ग्रामिण भेगहरुमा पर्ने भिष्वा, जानकीटोला, अमरपटी लगायतका नाकाहरुबाट लाइन खोलिएको बताए । जिल्ला प्रहरी कार्यालय पर्साबाट क्राइमको नाममा खटिएका प्रहरीहरुकै मिलोमतोमा तस्करीको कार्य फस्टाउदै गएको श्रोतको दावी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट क्राइमको नाममा प्रहरी निरीक्षक रजेश दत्तको कमाण्डमा टोली परिचालन भएपनि उनिहरुको कार्य चाहि आर्थिक कलेक्सन रहेको बताइन्छ । क्राइम टोली नै जब प्राइस टोलीमा परिणत भएपछि आफुहरुको कार्य कस्ले रोक्न सक्छ भन्दै एक जना तस्करले बताए । पर्सा भिष्वाका एक जना तस्करका अनुसार केही दिन अगाडीसम्म रकम नपाउदा जिल्ला प्रहरी कार्यालय पर्साका टोलीहरु नकामा पुग्ने गरेको तर रकम पाए पश्चात आउनै छाडेको बताए । प्रहरी उपरीक्षक रेवती ढकालको नाममा शादा पोशाकमा खटिएका प्रहरीहरु तान्डन नै मचाएको श्रोतको दावी रहेको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले चाडवर्बको बेला टेन्डर नै लिएका छन् । जिल्ला प्रहरी बाराबाट खटिएको टोलीले ठूला वडा कपडा तस्करहरु संग टेन्डर नै लिएको बताइएको छ । एक जना तस्करका अनुसार केही बर्षदेखी कपडा तस्करीबाट सन्यास लिएका गिरोह पुनः बारामा सक्रिय भएका छन् । जिल्ला प्रहरी कार्यालय बारामा आउनु भएका प्रहरी उपरीक्षकको नाम बेच्दै बाराको सिमाना नाकाबाट प्रति तस्कर वापत २ लाखदेखी ३ लाखसम्म उठाएको श्रोतको दावी रहेको छ ।

Leave A Reply

Your email address will not be published.