Ultimate magazine theme for WordPress.

बारा, पर्सा र रौतहटवासी प्रदेश सरकार संग असन्तुष्ट

196
उमेश दुबे
पर्सा, २६ मंसिर ÷ तराईको ३ जिल्लावासी प्रदेश नम्बर २ को सरकार संग असन्तुष्ट रहेको बताएका छन् । प्रदेश नम्बर २ को राजधानी लगायत सबै बिकाशको बजेट राजधानि जनकपुर मै खर्चिन हुन थालेपछि असन्तुष्ट ब्यक्त गरेका हुन ।
प्रदेश नम्बर २ मा रहेका धरोहरहरुको अवस्था दिनप्रति दिन बिग्रिदै जादा असन्तुष्ट भएको मुख्य कारण रहेको बताइएको छ । नेपालकै आर्थिक राजधानिको रुपमा मानिने वीरगंज भन्सार, वीरगंजको घण्टाघर, नारायणि रंगशाला, पर्यटकीय स्थलको रुपमा मानिने ठोरी लगायतका सबै ठाउ“को स्थित दिन प्रति दिन खस्किदै गएको कारण पर्सावासी असन्तुष्ट रहेका छन् । हाम्रो देश नेपालकै दोश्रो रंगशालाको रुपमा चिनिने नारायणि रंगशालालाई प्रदेश सरकारले बेवास्था गरिरहेको नै प्रदेश सरकार लुटन बसेको वीरगंजका बिरंचिलाल साहले बताउनु भयो । नेपालकै दोश्रो रंगशालाको रुपमा रहेको नारायणि रंगशाला दिन प्रति दिन भत्किदै गइरहेको छ  तर प्रदेश सरकारले कानमा तेल हालेर बसेको साहले आरोप लगाउनु भयो ।
प्रदेश सरकारमा बारा, पर्सा, रौतहट गरी तिनवटै जिल्लाका अधिकांश मन्त्रीहरु छन् यहासम्म मुख्य मन्त्री समेत छन तर तिनवटै जिल्लाको प्रगति नहुनु दुर्भाग्यको कुरो रहेको बारा सिम्रौणगढ निवासी रामबाबु यादवले बताउनु भयो । यस जन गुनासो डेलि अनलाईन संग कुरा गर्दै यादवले मात्र चुनावको बेला भोट माग्नको निम्ति भिख मांग्दै आउछन् तर मन्त्री पद पाउनसाथ आफ्नो क्षेत्र लगायत सबै धरोहरहरुको बिक्रि बण्डा गर्छन भन्दै आक्रोष व्यक्त गर्नुभयो । बारा जिल्लामा पर्यटकीय स्थलको रुपमा मानिने सिम्रौणगढका मठ मन्दिर लगायत बिश्वकै प्रसिद्ध गढीमाई मन्दिर बारा जिल्लामा छ तर त्यसतर्फ ध्यान मन्त्रीहरुको नजानु आखामा समेत तेल हालेर बसेको दुखेसो पोख्नु भयो ।
त्यसैगरी रौतहट जिल्लावासीहरुले प्रदेश नम्बर २ को राजधानि जनकपुर हुनसाथ पर्यटकीय, धार्मिक स्थल लगायत प्रदेको धरोहर मानिने सबै जसो बिकासको ठेक्का मन्त्रीहरुले नै लिएको आरोप लगाएका छन् । जहा बढी कमिसन आउछ त्याहा प्रदेशका मन्त्रीहरु दौडिने गरेको बताएका छन् । आफु कर्मचारी भएको भन्दै आफ्नो नाम नछाप्ने सर्तमा रौतहटका एक जना थर उपाध्याय रहेको उहाले प्रदेश सरकारले पैसाको कमिसनको खेलमा बजेटलाई लथालिङ गरेको आरोप लगाउनु भयो । प्रदेश नम्बर २ को राजधानि जनकपुर भएपनि राजधानि भित्रै देशको दोश्रो रंगशालाको रुपमा मानिने नारायणि रंगशालालाई बेवास्ता गरेको मुख्य कारण कमिसनको चलखेल रहेको बुझिन्छ, उपाध्यायले भन्नु भयो । प्रदेश नम्बर २ मै रहेको रंगशालालाई बेवास्ता गरी पुनः जनकपुरमा रंगशाला बनाउनु प्रदेश सरकारको मुर्खता र ३ जिल्लावासीलाई बेवास्ता गर्नु हो भन्दै यदि नारायणि रंगशालामा प्रदेश सरकारको ध्यान नगए अर्को द्वन्द हुन सक्ने बताउनु भयो ।
प्रदेश नम्बर २ मै यस्ता धरोहरहरु माथि सरकारको ध्यान नजानु बिडम्बनाको बिषय बनेको छ । तसर्थ ः प्रदेश सरकारको धरोहरहरु संग लगायत तिन जिल्लावासी संग खेलवाड नगर्दै नारायणि रंगशाला माथि ध्यान जान अति आवश्यक देखिएको छ ।

Leave A Reply

Your email address will not be published.