Ultimate magazine theme for WordPress.

बारा जिल्ला अदालतका खरिदार घूस लिदा लिदै अख्तियार दुरुपयोग अनुसन्धानको नियन्त्रणमा

195

उमेश दुबे
बारा, ६ असार / अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालयबाट खटिएको टोलिले बारा जिल्ला अदालतका खरिदारलाई घूस रकम सहित नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालयबाट प्रहरी नायब उपरीक्षक केशव कुमार भट्टराईको कमान्डमा खटिएको टोलिले घुसको रकम सहित नियन्त्रणमा लिएको हो ।
जिल्ला अदालतका सेवाग्राहीको काम गराइ दिने आश्वासन दिदै रकमको माङ्ग गरेको र रकम लिदै गर्दा जिल्ला अदालत अगाडी चिया पसलबाट नियन्त्रणमा लिन सफल भएको अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालयले जानकारी गराएको छ । १८ हजार घुस रकम सहित बारा जिल्ला अदालतका खरिदार सुनिल चौधरीलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धानले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.