Ultimate magazine theme for WordPress.

बारामा शिक्षक यादवको कुटाईबाट एक जना बिधार्थीको मृत्यु

175
उमेश दुबे
बारा, १२ पौष ÷ बाराको कलैया उपमहानगरपालिका वडा नं. १ मा रहेको नमुना निम्न माध्यमिक बिद्यालयमा शिक्षकको कुटाईबाट एक जना बिधार्थीको मृत्यु भएको छ । शिक्षकको कुटाईबाट घाइते भएका बिधार्थीको उपचारको क्रममा मृत्यु भएको हो ।
नमुना निम्न माध्यमिक बिद्यालयमा शिक्षकको कुटाईबाट सात कक्षामा अध्यणरत छात्रको मृत्यु भएको बिधार्थीले जनाएका छन् । बिधार्थीलाई कुटने शिक्षक हालको समयमा फरार रहेको बारा प्रहरीले जनाएको छ । ७ कक्षामा अध्यणरत वीरेन्द्र महतो मंडलका १३ बर्षिय छोरा अजय कुमारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शिक्षकले अजयलाई निर्घात कुटपिट गरे पश्चात घर पठाइएको कक्षा ७ मै अध्यणरत एक बिधार्थीले बताए । निर्घात कुटपिट गरे पश्चात रुदै लङडाउदै अजय घर गयो तर केही बेर मै अस्पतालमा पुगेका अजयको मृत्यु भएको बिधार्थीहरु बताउछन् । आफ्नो यादवगिरी पारामा शिक्षक सोनालाल यादवले निर्घात कुटपिट गरे पश्चात मृत्यु भएको बिधार्थीले आरोप लगाए । यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराई संग बुझदा शिक्षक सोनालाल फरार रहेको र जिल्लाको टिम खोज तलाशमा जुटेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.