Ultimate magazine theme for WordPress.

बाराको बन जङ्गलबाट रूकेन काठ तस्करी, प्रहरी/प्रशासन कै सहयोगमा काठ तस्करी हुदै

201

उमेश दुबे
बारा, ११ फाल्गुन / बाराको बन जङ्गलबाट काठ तस्कर प्रहरी/प्रशासन कै सहयोगमा कार्यलाइ तिब्रता दिएका छन । तस्कर संगठनहरूले आफ्नो वर्दिको आडमा कमाइ खाने भाडो बनाउन थालेपछी काठ तस्कर आफ्नो कार्यलाई तिब्रता दिएका हुन ।
काठ तस्कर संगठनका मुख्य नाइकेहरू मौन भएपनी हालको समयमा प्रहरी/प्रशासन कै सहयोगमा काठ तस्करी पुन: कार्य शुरू गरेको श्रोतले जनाएका छन । बारा बन जङ्गलबाट अस्थायी प्रहरी पोस्ट इनर्वासिरा हुँदै भारतसम्म पुग्ने गरेको पाइएको छ । काठ तस्करहरूले जताबाट कार्य गरेपनी अस्थायी प्रहरी पोस्ट इनर्वासिरालाइ मिलाउनै पर्छ । अस्थायी प्रहरी पोस्ट इनर्वासिराका प्रमुख प्रहरी सहायक निरीक्षक नागेन्द्र पाण्डेले आफ्नो वर्दिको आडमा कमाइ खाने भाडो बनाए पश्चात् तस्कर संगठनलाई लहरै चलेको बुझिन्छ । प्रहरी चौकिको माध्यमले उठेको पैसा मध्ये माथिल्लो निकायलाइ समेत नजराना जाने गरेको एक प्रहरी श्रोतले जनाएका छन ।
बाराको बन जङ्गलबाट तस्करी गर्नको लागि उक्त चौकी मुख्य द्वारको रूपमा चिनिने गर्दछ । बिगत २ दिन अगाडी इनर्वासिरा हुँदै गएको दाउराको ट्रयाक्टर घोडासहनबाट पक्राउ परेको थियो । पक्राउ परेको काठ्को ट्रयाकटर सङ केही कागज नै थिएन । भारततर्फ लादै गरेको काठ्को ट्रयाकटर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । बाराको बन जङ्गलबाट नेपाल र भारतको सिमासम्म कुनै कागज प्रक्रिया नै नगरी पुग्नु ठुलै चलखेल रहेको बुझिन्छ । तसर्थ यश विषयमा माथिल्लो निकायको ध्यान जानू अति आवाश्यक देखिएको छ ।

Leave A Reply

Your email address will not be published.