Ultimate magazine theme for WordPress.

बाराको फेटा गाउपालिकामा २७ करोड ५ लाख रकम बिनियोजन

347

उमेश दुबे
बारा, १३ मंसिर ÷ बाराको फेटा गाउपालिमा २७ करोड ५ लाख बिनियोजन गरिएको गाउपालिकाका अध्यक्ष अमिारीलाल प्रसादले बताउनु भएको छ । ७ वटा वडा रहेको गाउपालिकामा २७ करोड ५ लाख रुपैया बिनियोजन गरिएको हो ।
जन गुनासो अनलाइन संग कुरा गर्दै अध्यक्ष अमिरीलाल प्रसादले आफ्नो मातहातमा रहेको ७ वटा वडाहरुमा समेत विकाशको निम्ति विनियोजन गरिएको बताउनु भयो । उहाले शिक्षा, स्वास्थ्य, सडक, नाला लगायतका कार्यहरुलाई प्राथमिक्तामा राखी कार्य गर्ने बताउनु भयो । बाराको फेटा गाउपालिकालाई आउने ३ बर्षमा नमुना गाउपालिकाको रुपमा चिन्न सकिने बनाउने प्रतिवद्धता जाहेर गर्नुभयो । फेटा गाउपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले ७ वटा वडाहरु मध्ये ४ वटा वडा ठूलो रहेकोले ठूलै रकम र ३ वटा वडाहरु सानो भएकोले सानो बजेटको रुपमा बिनियोजन गरिएको बताउनु भयो । उहाले आउने एक महिना भित्र सबै कागजी प्रकृयाहरु पु¥याई कार्यलाई तिब्रता दिने बताउनु भयो ।
फेटा गाउपालिका वडा नं. १ मा ९७ लाख ४० हजार बिनियोजन गरिएको वडा अध्यक्ष जयप्रकाश दासले बताउनु भएको छ । उहाले शिक्षा, स्वास्थ्य, नाला निर्माण, सडक ढलान, मठमन्दिर लगायतको निर्माण गर्नुपर्ने योजना रहेको बताउनु भयो । वडा अध्यक्ष दासले आफ्नो क्षेत्रमा गर्नुपर्ने विकाशको बिषयमा कुनैपनि किसिमको समझौता नगरी कार्यलाई अगाडी बढाउने बताउनु भयो । उहाले आफ्नो वडालाई बाराकै नमुना वाडको रुपमा चिन्न सकिने बनाउने निर्णय गरेको बताउनु भयो ।
यस अनलाइन संग कुरा गर्दै अध्यक्ष अमिरीलाल प्रसादले एउटा वाडलाई नै हइन बरु बारा जिल्लामै आफ्नो गाउपालिकालाई नमुना गाउपालिकाको रुपमा चिन्न सकिने बनाउने बताउनु भयो । वडा नम्बर १ देखी ७ नम्बर वडासम्म विकास निर्माणको कार्यलाई तिब्रताका साथ अगाडी बढाउने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.