Ultimate magazine theme for WordPress.

बाराको ऐतिहासिक रानिवाश मन्दिर संरक्षण बिहिन

109

उमेश दुबे
बारा, १३ कार्तिक ÷ बाराको सिम्रौणगढ नगरपालिका स्थित रहेको ऐतिहासिक रानिवास मन्दिर संरक्षणको अभावमा जिर्ण हुदै गएको छ । बाराको पर्यटकीय स्थलको रुपमा मानिएको सिम्रौणगढ स्थित रहेको ऐतिहासिक मन्दिरलाई स्थानिय सरकारले चासो नहेराउदा दिन प्रति दिन जिर्ण अवस्थामा हुदै गएको पुजारीले आरोप लगाएका हुन ।
नेपाल सरकारबाट चुनाव पश्चात स्थानिय सरकार भएपनि मन्दिरको दुरदशा भनेको जस्ताको त्यस्तै छ । ऐतिहासिक मन्दिर गढीमाई मन्दिर जस्तै रानिवास मन्दिर पनि केही बर्ष अगाडी भनेर चिनिने गरिन्थयो । तर मन्दिरको कार्यमा राजनीति पस्दा मन्दिरको हालत दिन प्रति दिन बिग्रिदै गएको आरोप रानिवास मन्दिरको पुजारी अनिरुद्ध मिश्रले लगाएका छन् । सिम्रौणगढ नगरपालिकाको मेयर लगायत कुनै स्थानिय नेताले मन्दिरतर्फ ध्यान नदिदा मन्दिर संरक्षण बिहिन भएको र भक्तजनहरुमा कमी आएको पुजारी मिश्रले बताउनु भयो । गुठि संस्थानले दिएको रकमबाट मन्दिर संचालनमा मात्रै रहेको रानिवास मन्दिरका पुजारी अनिरुद्ध मिश्रले बताउनु भयो ।
रानिवास मन्दिर परिसर भित्रै रहेको पानी खाने कुवा १२ औं सताब्दीदेखी नै संचालनमा रहेको स्थानियवासी बताउछन् । रानिवास मन्दिर जंगबहादुर राणाको कार्यकालमा निर्माण गरिएको स्थानिय बताउछन् । राणाकालमा निर्माण गरिएको मन्दिर परिसर भित्रै रहेको कुवाको पानी हालसम्म संचालनमा रहेको र सबै भक्तजन, पुजारी र स्थानियवासी यहि कुवाको पानी प्रयोग गर्ने गरेको स्थानियवासीले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.