Ultimate magazine theme for WordPress.

बलिउड फिल्मफेयर अवार्डः दंगल सामुन्ने सबै फिक्का

28

काठमाडौं, २ माघ  : ६२ औं बलिउड फिल्मफेयर अवार्डमा आमिर खानको दंगलअघि सबै फिल्म फिक्का भएका छन्। दंगलले चारवटा अवार्ड हात पार्दा कतिपय फिल्महरु भने रित्तै भए। भारतको मुम्बई सहरमा भएको समारोहमा महावीर सिंह फोगाटको भूमिकाबाट आमिरले बेस्ट ऐक्टरको अवार्ड हात पारे भने नितेश तिवारीले सर्वश्रेष्ठ निर्देशकको अवार्ड पाए। त्यस्तै दंगलले सर्वश्रेष्ठ फिल्मको अवार्ड समेत जिते।

त्यस्तै उड्ता पञ्जाव र डियर जिन्दगीका लागि आलिया भट्ट नोमिनेसनमा परेपनि ‘डियर जिन्दगी’बाट बेस्ट ऐक्ट्रेसको अवार्ड आलियाले हात पारिन्।

हेर्नुहोस् ६२ औं फिल्म फेयरको अवार्डस् लिस्ट

बेस्ट ऐक्टरस्: आमिर खान (दंगल)

बेस्ट ऐक्ट्रेस: आलिया भट्ट (डियर ज़िंदगी)

बेस्ट फिल्मस्: दंगल

बेस्ट डायरेक्टरस्: नितेश तिवारी (दंगल)

बेस्ट ऐक्टर (लघु फिल्मस्): मनोज वाजपेयी (तांडव)

बेस्ट डायरेक्टर (डेब्यू): अश्विनी अय्यर तिवारी (निल बट्टे सन्नाटा)

बेस्ट ऐक्टर (डेब्यू) दिलजीत दोसांज (उड़ता पंजाब)

बेस्ट ऐक्ट्रेस (डेब्यू) रितिका सिंह (साला खड़ूस)

बेस्ट डायलग: रितेश शाह (पिंक)

बेस्ट स्क्रीनप्ले: शकुन बत्रा र आयशा देवित्रे ढिल्लन

बेस्ट स्टोरी: शकुन बत्रा र आयशा देवित्रे ढिल्लन

सर्वश्रेष्ठ सहायक अभिनेता: ऋषि कपूर (कपूर ऐंड संस, सिंस)

सर्वश्रेष्ठ सहायक अभिनेत्री: शबाना आज़मी (नीरजा)

फिल्मफेयर लाइफ टाइम अचीवमेंट अवॉर्डस्: शत्रुघ्न सिन्हा

सर्वश्रेष्ठ संगीत: प्रीतम (ऐ दिल है मुश्किल)

Leave A Reply

Your email address will not be published.