Ultimate magazine theme for WordPress.

बरिष्ठ प्रहरी नायब निरीक्षक भण्डारीको असुली धन्दा, सम्बन्धीत निकाय मुकदर्शक

168

पर्सा, २६ असार / मुलुककै आर्थिक नगरीको रुपमा मानिने वीरगंज भन्सार क्षेत्रको प्रहरी चौकी इनर्वाका प्रमुख बरिष्ठ प्रहरी नायब निरीक्षक हिमाल भण्डारीको असुली धन्दाले सर्वसधारण आजित हुन थालेका छन । ठुला वडा तस्कर समुहका मुख्य नाइकेहरु संग मासिक रुपमा नजराना बुझने गरेपनि सर्वसधारण घरायसी प्रयोजनाको निम्ति मालसमान लिएर आउने नेपाली नागरिकलाई समेत दुख दिने गरेको एक घटनाले उजागर पारेको हो ।
प्रहरी चौकी इनर्वाका प्रमुख बरिष्ठ प्रहरी नायब निरीक्षक हिमाल भण्डारीको संगठन भित्र राम्रै पहुच भएका कारण एनि हाउ पैसा कमाउ भन्ने उख्खान झै कमाई धन्दामा लागेको देखिन्छ । वीरगंजको मितेरी पुलदेखी रजतजन्ती चौकसम्म नेपाल प्रहरीको दुई दुई ठाउमा चेकजाच भइरहेपनि निर्वाध रुपले तस्करीको मालसमान सजिलै अवैध तरिकाले तस्कर समुह भित्रयाउन सफल भएका छन ।

ठुला वडा तस्कर समुहका मुख्य नाइकेहरु संग प्रति दिन नेपाल प्रहरीको नाममा दुई दुई ठाउमा रकम उठ्दै आएको बताइन्छ । प्रहरी चौकी इनर्वामा बरिष्ठ प्रहरी नायब निरीक्षक हिमाल भण्डारीको आग्मन संगै तस्कर समुह इनर्वा क्षेत्रमा सलबलाएका छन । प्रहरी संगठन भित्रको साथ साथै राजनीतिमा समेत राम्रै पहुच भएका कारण प्रहरी चौकी इनर्वामा जान सफल भएका बरिष्ठ प्रहरी नायब निरीक्षक भण्डारीले रकमी चान्दा आतंक नै मचाएको सर्वसधारणहरु नै बताउछन ।
तस्कर समुह लगायत सर्वसधारणहरु संग समेत रकम लिई मात्र मालसमान आउन दिने गरेको बिधार्थीले नै बताउछन । नेपाल घर भई भारतको दिल्लीमा अध्यणरत एक बिधार्थीले आफ्नो घर फर्किरहदा ब्यागमा रहेको समान छोड्नको निम्ति १ हजार रकम घुस नै लिएको आरोप लगाए । उनका अनुसार घर फर्किदा घरायसी समान समेत रहेको ब्याग प्रहरीले नियन्त्रणमा लिई एक हजार घुस रकम दिए पश्चात छोडिएको उनले दुखेसो पोखे ।
नेपाल प्रहरी संगठनलाई अब्बल प्रहरी संगठनको रुपमा मानिएपनि यस्तो कृयाकलापले संगठन माथिको इमान्दारीता माथि नै पश्ण चिन्ह खडा भएको छ । तसर्थः यस्ता कृयाकलाप गर्नेहरु माथि माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.