Ultimate magazine theme for WordPress.

फोहोर मैला ल्यान्डफिल साइटको व्यवस्थापन केन्द्र काम सन्तोषजनक

49

वीरगंज  माघ, १७ : वीरगज उपमहानगर क्षेत्रबाट निस्कने फोहोरहरूलाई  वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्नका लागि  निर्माण भइरहेको फोहोर मैला व्यवस्थापन केन्द्र (ल्यान्डफिल साइट)को निर्माण कार्यमा  तीव्रता आएको वीउमनपाले जनाएको छ ।

पछिल्लो समयमा काममा ढिलाइ हुँदा ठेकेदार कम्पनीको चारैतिरबाट सार्वजनिक आलोचना हुन थालेपछि अहिले  निर्माण कार्यले गति लिएको छ । एसियाली विकास बैंकको अनुदान सहयोगमा वीरगंजमा सञ्चालित मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजनाको दोस्रो चरण अन्तर्गत रु ४७ करोड ६१ लाख ८० हजारको लागतमा ल्यान्डपिल साइट निर्माण भइरहेको छ ।

वीरगज नगरसँग जोडिएको बाराको इटियाही–७ र विश्रामपुर–९ मा अवस्थित १५ बिघा सात कठ्ठा जग्गामा वीरगंज उपमहानगरपालिका कार्यालयले ल्यान्डपिल साइट निर्माण गर्न लागेको हो ।

गत अप्रिल १ तारिखदेखि शुरु ल्यान्डफिल साइटको निर्माण कार्य २४ महिनाभित्र सक्ने उपमहानगरपालिका र ठेकेदार कम्पनीबीच सम्पन्न सम्झौतामा उल्लेख छ । माघ पहिलो सातासम्म ल्इान्डफिलड साइटको भौतिक संरचना निर्माणको प्रगति ३५ प्रतिशत पुगेको चिनियाँ निर्माण कम्पनी  जेडआइइसीका आधिकारिक प्रतिनिधि सुमित रौनीयारले बताएका छन् ।

ल्यान्डफिल साइटमा ल्याइने फोहोर प्रशोधन गरी बजारमा बेंचेर त्यसबाट वार्षिक रु ६ करोड २० लाख आम्दनी हुने तुलाधरको भनाइ छ । ल्यान्डफिल साइ सञ्चालनमा आएपछि २० वर्षसम्म वीरगंजको फोहोर वैज्ञानिक किसिमले व्यवस्थित गर्न सकिने उपमाहानगरपालिका कार्यालयको दाबी छ ।ल्यान्डफिल साइटको निर्माण कार्य अहिले तीव्र गतिमा भइरहेको भन्दै उपमहानगरपालिका कार्यालयका इन्जिनियर तथा योजना प्रमुख शैलेन्द्र श्रेष्ठले कामको  रप्mतारलाई निरन्तरता दिन सके एक वर्षभित्र सबै काम सकिने  दाबी गरेका थिए ।

वीरगंज उपमहानगरपालिका कार्यालयका अनुसार नगर क्षेत्रबाट अहिले दैनिक ६२ दशमलव २३ मेट्रिक टन फोहोर र फोहोरजन्य पदार्थ उत्पदान हुने गरेको छ । ल्यान्डफिल साइट सञ्चालनमा आएपछि उपहानगरपालिका कार्यालयलाई वार्षिक रु ६ करोडभन्दा बढी आम्दानी पनि हुने फोहोर मैला व्यवस्थापन विशेषज्ञ रमेशकाजी तुलाधर बताउँछन् ।

ल्यान्डफिल साइट निर्माण कार्य शुरु भए यता नौ महिनाको अवधिमा माटो पुर्ने काम ६० प्रतिशत, भवन निर्माण काम ८० प्रतिशत, नदीमा तटबन्ध लगाउने काम ३५ प्रतिशत, विद्युतीकरण ८० प्रतिशत र पर्खाल तथा तारबार लगाउने काम ६० प्रतिशत सकिएको निर्माण कम्पनीका आधिकारिक प्रतिनिधिले बताएका छन्  ।

Leave A Reply

Your email address will not be published.