Ultimate magazine theme for WordPress.

फोहर व्यवस्थापनलाई निरन्तरता दिदै मेयर सिंह

312

पर्सा, १८ जेष्ठ / महानगरपालिकामा फोहर व्यवस्थापन गर्नको निम्ति नगर प्रमुख राजेशमान सिंह निरन्तरता दिदै आएका छन । बर्षायामको बेला जम्मा हुने गरेको पानीको निकास र शहरमा फैलिदै गएको दुर्घन्धलाई मध्यनजर गर्दै नगर प्रमुख सिंहले फोहर व्यवस्थापनमा निरन्तरता दिएका हुन ।
नगर प्रमुखको रुपमा चयन भए पश्चात राजेशमान सिंहले महानगरपालिकाको बिभिन्न ठाउहरुमा पुगी फोहर व्यवस्थापनका साथ साथै बर्षायामको समयमा जम्मा हुने गरेको पानीको निकाशको बिषयमा चासो देखाएको बारे प्रष्ट हुन्छ । फोहर व्यवस्थापनको निम्ति एडिबिले निर्माण गरेको नाला सफाईका साथै दुर्गन्धित बन्दै गएको नालाहरुमा सफाईको कार्य योजना अगाडी बढाएका हुन ।
वीरगंज महानगरवासिहरुको निम्ति नगर प्रमुख राजेशमान सिंहले सबै किसिमको विकासको कार्यमा अवलोकन गरेका छन । बिगतका दिनहरुमा भएको लापरवाहीका कारण वीरगंजवासी दुर्गन्धित क्षेत्रहरुमा बस्न बाध्य भएका थिए । तर नगर प्रमुख राजेशमान सिंहको आग्मनले वीरगंजवासीहरुले बोकेको आशाको किरण देखा परेको स्थानीयहरुले नै बताउन थालेका छन । नगर प्रमुख सिंहको मिहिनेतले अब उप्रान्तका दिनहरुमा वीरगंजवासीहरुले दुर्गन्धित क्षेत्रहरुमा बस्न बाध्य नहुने स्थानीयहरुले बताउन थालेका हुन ।
बुधवार वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले फोहर व्यवस्थापनको बिषयमा अवलोकन गर्दै गर्दा वीरगंजेली जनताले बोकेको आशा र बिश्वास संग आफु कहिलेपनि खेलवाड नगर्ने बताए । उहाले यस अनलाइन संग कुरा गर्दै नगर प्रमुख सिंहले फोहर व्यवस्थापन, सडक निर्माण र धुलोमुक्त वीरगंज बनाउन कुनै कसर बाकी नराख्ने बताए ।
यता स्थानीयहरुले नगर पं्रमुखको कार्य प्रगति देखी चौतर्फी प्रशंसा गरेका छन । समाजिक संजाल लगायत स्थलगत समाचार संकलनमा समेत स्थानीयहरुले नगर प्रमुखले गरेको कार्य सराहनीय रहेको बताएका छन ।

Leave A Reply

Your email address will not be published.