Ultimate magazine theme for WordPress.

फोटो कन्र्सन राष्ट्रिय फोटो पत्रकारिता अवाड २०७३ हुने

118

विरगंज, फागुन १६ : फागुन हाम्रो निमन्त्रणालाई स्वीकार गरी उपस्थित हुनुभएकोमा यहाँहरुलाई विशेष धन्यावाद व्यक्त गर्दै पत्रकार सम्मेलनमा यहाँहरुलाई हार्दिक स्वागत गर्न चाहन्छौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) फोटो पत्रकारितामा संलग्न व्यवसायिक पत्रकारहरुको पहिलो आधिकारिक संगठन भएको कुरा यहाँहरुलाई सहर्ष जानकारी गराउन चाहन्छौं ।

२०५३ सालमा स्थापना भएको एनफएपीजे अहिलेसम्म विभिन्न आरोह अवरोध पारगर्दै आजको यो अवस्थामा आइपुगेको छ । एक त पत्रकारिता त्यसमा पनि फोटो पत्रकारिता, यहाँहरु स्वयं यही क्षेत्रमा सक्रिय रुपमा क्रियाशील रहनुभएकाले हामो साझा समस्या यहाँहरुमाझ घाम जत्तिकै छर्लङ्ग भएको विषय हो । एनफएपीजेले अहिले आफनो स्थापनाको २०औं वर्षगाँठ विभिन्न कार्यक्रम गरी मनाईरहेको छ । यही क्रममा आगामी २०७४ साल बैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा काठमाडौंमा एक विशेष समारोह आयोजना गर्न लागिएको विषयमा जानकारी गराउन यो पत्रकार सम्ेमलन आयोजना गरिएको हो।  सो कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकाहरुको क्षमता र योग्यताको कदर गर्दै उहाँहरुलाई प्रोत्साहन स्वरुप फरक फरक १३ बिधामा नगद पुरस्कारसहित, ट्रफी, सम्मानपत्रसहित फोटो कन्र्सनका तर्फबाट नगद १० हजार बराबरको ‘गिफ्ट ह्याम्पर’ प्रदान गर्न लागेका छौं ।  एनएफपीजेले आयोजना गर्न लागेको यो अवार्डको नाम ‘फोटो कन्र्सन राष्ट्रिय फोटो पत्रकारिता अवाड २०७३’ राखिएको छ ।

अवार्डका विधाहरु

१) डिबी थापा लाइफटाइम एचिभमेन्ट अवार्ड–२०७३

नेपालकै पहिलो र गौरबशाली इतिहाँस बोकेको फोटो कन्र्सनका संस्थापक स्वर्गीय डम्बरबहादुर (डिबी)  थापाको स्मृतिमा वितरण गर्न लागिएको डिबी थापा लाइफ टाइम एचिभमेन्ट अवार्ड ५० हजार नगद, ट्रफी र सम्मानपत्रसहितको हुनेछ । यो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा विगत लामो समयदेखि सक्रिय रुपमा क्रियाशील फोटो पत्रकारहरुमध्येबाट एकजनालाई प्रदान गरिनेछ । यसको छनौट अवार्ड छनौट निर्णायक समितिले गर्नेछ ।

२) फोटो जर्नालिस्ट अफ दि इयर ः विभिन्न १० वटा विधामध्येबाट उत्कृष्ट ठहर भएका एकजना फोटो पत्रकारलाई यो अवार्ड प्रदान गरिने छ । अवार्डमा २५ हजार नगद, ट्रफी र सम्मानपत्र रहनेछ ।

३) स्पोर्टस् क्याटेगोरी ः यो विधा अन्र्तगत खेलकुदको क्षेत्रमा उत्कृष्ट फोटो खिच्ने एकजना फोटो पत्रकारलाई पुरस्कृत गरिने छ । यो पुरस्कार नगद २५ हजार, ट्रफी र सम्मानपत्र सहितको हुनेछ ।

४) श्रीधर प्रसाद आचार्य टुरिजम एण्ड कल्चर क्याटेगोरी ः देशको पर्यटन तथा संस्कृतिलाई फोटोको माध्यमबाट पत्रकारितामा उतार्ने फोटो पत्रकारहरुलाई यो विधामा पुरस्कार प्रदान गरिनेछ । स्वदेशी तथा विदेशी पर्यटकहरुमाझ अत्यन्तै लोकप्रिय ललितपुरको गोदावरीस्थित गोदावरी भिलेज रिसोर्टका संस्थापक तथा बरिष्ठ पत्रकार समेत रहनुभएका स्वर्गीय श्रीधरप्रसाद आचार्यको स्मृतिमा प्रदान गर्न लागिएको यो पुरस्कारको राशी नगद २५ हजार, ट्रफी र प्रमाणपत्र रहेको छ ।

५) पोलिटिकल फोटो क्याटेगोरी ः देशको महत्वपूर्ण राजनीतिक गतिविधिलाई फोटोको माध्यमबाट समाचार बनाउने फोटो पत्रकारहरुलाई यो विधाको पुरस्कार प्रदान गरिनेछ । पुरस्कार २५ हजार नगदसहित ट्रफी र सम्मानपत्र रहेको छ ।

६) डेली लाईफ क्याटेगोरी ः समाजको दैनिक गतिविधिलाई फोटोको माध्यमबाट समाचारका रुपमा प्रकाशित गर्ने पत्रकारहरुलाई यो विधाको पुरस्कार प्रदान गरिने छ । यो विधाको पुरस्कारको राशी पनि नगद २५ हजार, ट्रफी र सम्मानपत्र रहेको छ ।

७) इन्टरटेनमेन्ट क्याटेगोरी ः मनोरञ्जन क्षेत्रका गतिविधिलाई फोटो मार्फत समाचार बनाउने फोटो पत्रकार यो विधाबाट पुरस्कृत हुनेछन् । ट्रफी, सम्मानपत्रसहित यो विधामा पुरस्कृत हुने फोटो पत्रकारलाई नगद २५ हजार पुरस्कार प्रदान गरिने छ ।

८) विजिनेश क्याटेगोरी ः व्यापार, व्यवसायलगायतका क्षेत्रमा भै रहेका विभिन्न कृयाकलाप फोटोको माध्यमबाट समाचार बनाउने फोटो पत्रकारले यो विधाको पुरस्कार प्राप्त गर्नेछन् । यो विधामा पनि २५ हजार नगद, ट्रफी र सम्मानपत्रसहितको पुरस्कार रहेको छ ।

९) फिमेल फोटो जर्नालिजम क्याटेगोरी  ः महिला फोटो पत्रकारका रुपमा विभिन्न सञ्चारमाध्यममा कार्यरत महिला फोटो पत्रकारहरुमध्येबाट छनौट गरी एकजनालाई यो पुरस्कार वितरण गरिने छ । पुरस्कारको राशी २५ हजार नगद, ट्रफी र सम्मानपत्र रहेको छ ।

१०) प्रोभेन्सियल (मोफसल)  फोटोजर्नालिस्ट ः राजधानी बाहिर रहेर सक्रिय रुपमा विभिन्न सञ्चारमाध्यममा  कार्यरत फोटो पत्रकारहरु मध्येबाट एकजनाले यो पुरस्कार प्राप्त गर्नेछन् । पुरस्कारको राशी २५ हजार नगद, ट्रफी र सम्मानपत्र रहेको छ ।

११) अनलाईन फोटोजर्नालिजम् क्याटेगोरी ः विभिन्न अनलाईन समाचार माध्यममा कार्यरत फोटो पत्रकारहरु मध्ये एकजनालाई  यो विधाको पुरस्कार प्रदान गरिने छ । पुरस्कारको राशी २५ हजार नगदसहित ट्रफी र सम्मानपत्र रहेको छ ।

१२) एनएफपीजे एक्टिभ मेम्बर क्याटेगोरी ः राष्ट्रिय फोटो पत्रकार समूहका सक्रिय सदस्यमध्ये एकजनालाई यो राशीको पुरस्कार प्रदान गरिने छ । यो विधाको पुरस्कार पनि २५ हजार नगद, ट्रफी र प्रमाणपत्र रहेको छ । यो विधामा सहभागी हुन एनएफपीजेका सक्रिय सदस्यमात्रै योग्य हुनेछन् ।

अवार्ड छनौटका प्रक्रियाहरु ः

१)  विभिन्न छापा माध्यमका सम्पादकहरु मध्येबाट एकजना, अनलाईन न्यूज पोर्टलका सम्पादक मध्येबाट एकजना सम्पादक, बरिष्ठ फोटो पत्रकारमध्येबाट एकजना, एनएफपीजेका अध्यक्ष, बरिष्ठ सल्लाहकारलगायतका क्षेत्रका विज्ञहरुसहित बढीमा ७ जनाको छनौट समितिले अवार्ड बारे अन्तिम निर्णय लिनेछ ।

२) यस अवार्डको विभिन्न ११ विधामा परेको आवेदनवाट प्रत्येक विधामा ५ जना फाटोपत्रकारलाई सर्टलिस्ट गरी उनीहरुमध्यवाट १ जना लाई  छनौट समितिले विजेता घोषणा गर्नेछ । एनएफपीजे एक्टिभ मेम्बर क्याटेगोरी वाहेक अन्य १० विधावाट विजेताभएकाहरु मध्यवाट उत्कृष्ट १ जनालाई वर्ष उत्कृट फोटोपत्रकार अवार्ड प्रदान गरिने छ ।

३) अवार्डमा सहभागी हुनका लागि छापा माध्यममा कम्तीमा १ वर्ष काम गरेको हुनुपर्ने अनलाईनको हकमा भने कम्तीमा ६ महिना काम गरेको हुनुपर्नेछ । आवेदन फारमसँगै  एक प्रति पासपोर्ट साइजको फोटो, कार्यरत संस्थाको नवीकरण खुलेको परिचयपत्रको प्रतिलिपि, आफूले काम गरेको पत्रपत्रिका तथा अनलाईनमा २०७३ साल भित्र प्रकाशित कम्तीमा ३ वटा फोटो अनिवार्य रुपमा समावेश गराउनुपर्नेछ ।

स्वतन्त्र फोटो पत्रकारको हकमा भने सूचना विभागले जारी गरेको नवीकरण खुलेको परिचयपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।

४)  अवार्डमा सहभागी हुनका लागि आवेदन फारम संस्थाको आधिकारिक वेवसाइट धधध।लाउव।यचन।लउ मा प्राप्त गर्न सकिने छ । अनलाईनबाट फारम भर्न वा एनएफपीजेको सम्पर्क कार्यालय  पुतलीसडकमा फारम बुझाउन सकिनेछ । २०७३ साल चैत्र १४ गते मध्यरातसम्म भरिएका फारमहरुले मात्रै मान्यता  प्राप्त गर्नेछन् ।

५) विभिन्न सञ्चारमाध्यमले आफ्ना सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरुलाई अवार्डका निम्ति सिफारिस गर्न सक्नेछन् । यसका लागि एनएफपीजेले नै सम्बन्धित सञ्चारमाध्यमलाई पत्राचार गरी जानकारी गराउने छ ।

आदरणीय पत्रकार साथिहरु ।

यो विशेष समारोहको प्रमुख अतिथि प्रधानमन्त्री रहनुहुनेछ । यसका अलावा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरु सो कार्यक्रममा उपस्थित हुनुहुनेछ । कार्यक्रम अवधिभर ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुले विभिन्न सांगीतिक प्रस्तुती, हास्यव्यंग्य तथा फोटोपत्रकारिताका दुःखसुख झल्कने नाटकलगायत प्रस्तुत हुनेछ । बैशाख १३ गते हुने सो कार्यक्रम दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । भद्रकालीस्थित आर्मी अफिस्र्स क्लवमा आयोजना हुने सो विशेष समारोहको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।

(कार्यक्रम बारे थप जानकारी चाहिएमा अवार्ड समारोहका संयोजक तथा एनएफपीजेका सचिव प्रदिप राज वन्त (९८५१०४४८३५) वा अध्यक्ष ध्रुव आले (९८५१०१२२९९) सँग सम्पर्क गर्न सकिने छ ।

Leave A Reply

Your email address will not be published.