Ultimate magazine theme for WordPress.

फेरी फस्टाउन थाल्यो गाजा खेती, प्रहरीद्वारा १० बिगहा गाजा खेती नष्ट

183
उमेश दुबे
बारा, १० पौष ÷ तराईको अधिकांश जिल्लाहरुमा पुनः गाजा खेती फस्टाउदै गएको छ । बाराको निजगढ क्षेत्रमा लगाइएको करिब १० बिगहाको गाजा खेती प्रहरीले नष्ट गरेको हो । गाजा खेती बारे सूचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढको टोलीले नष्ट गरेको हो ।
इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक बिक्रम लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका वडा नं. १३ डम्बरपुर स्थित लगाइएको करिब १० बिगहाको गाजा खेती नष्ट गरेको प्रहरीले जनाएको छ । सोमवार बिहान निजगढ नगरपालिकाको शक्तिखोला क्षेत्रमा लगाइएको गाजा खेती नष्ट गरिएको बारा प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.