Ultimate magazine theme for WordPress.

फेटा गाउपालिका वडा नम्बर ७ को बिकास कार्य द्रुत गतिमा, बर्षायाम अगाडी नै योजना सम्पन्न हुने वडा अध्यक्ष मियाको दाबी

292

उमेश दुबे
बारा, १८ जेष्ठ / बाराको फेटा गाउपालिका वडा नम्बर ७ मा बिकासको कार्य द्रुत गतिमा अगाडी बढेको छ । फेटा गाउपालिका वडा नम्बर ७ को गम्हरिया र कुकुरभुका टोलको बिकासको कार्य द्रुतगतिमा अगाडी बढेको हो ।
आफ्नो वडामा दुइवटा टोल रहेको र दुइवटै टोलमा ढलानको कार्य द्रुत गतिमा अगाडी बढाएको वडा अध्यक्ष महम्द हुसेन मियाले जानकारी दिनुभयो । उहाले सडक ढलान लगायत ट्रान्सर्फमर लगाउने कार्य गरिरहेको बताउनु भयो । फेटा गाउपालिकाबाट वडा नम्बर ७ को सडक ढलान र ट्रान्सर्फमरको लागि ६० लाख रुपैया बिनियोजन गरिएको बताउनु भयो । बिकासको लागि रकम बिनियोजन हुनसाथ आफ्नो वडाको विभिन्न ठाउहरूमा सडक ढलानको कार्य द्रुत गतिमा अगाडि बढाएको र बर्षायाम अगावै कार्य सम्पन्न गरिने ठोकुवा गर्नुभयो ।
यता फेटा गाउपालिका वडा नम्बर ७ का स्थानियवासीले आफ्नो वडामा द्रुत गतिमा भइरहेको सडक ढलानको कार्य सराहनिय रहेको बताएका छन । बर्षायामको बेला हिल्लै हिलो हुने गरेको थियो तर हालको समयमा सडक ढलानका कारण सहज हुने स्थानियहरूले जनाएका छन । वडा अध्यक्ष महम्द हुसेन मियाले आफ्नो वडाको बिकासको लागि आफू कहिले पछाडी नहटेको र लागि परेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.