Ultimate magazine theme for WordPress.

फेटा गाउपालिका भित्र महामारी फैलिन नदिन प्रयास : अध्यक्ष अमिरीलाल प्रसाद

440

उमेश दुबे
बारा, २० चैत ÷ बाराको फेटा गाउपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले कोरोना भाइरसको चपेटामा मुलूक परेपनि फेटा गाउपालिका भित्र यस्तो महामारी फैलिन नदिन प्रयास जारी राखेको बताउनु भएको छ । यस अनलाइन संग कुरा गर्दै अध्यक्ष अमिरीलाल प्रसादले फेटा गाउपालिकाको ७ वटै वडाहरुमा कोरोना भाइरसको प्रचार प्रसार गर्नुको साथै महामारीबाट बच्ने उपायहरु बताईरहेको बताउनु भयो ।
उहाले फेटा गाउपालिका भित्र रहेको ७ वटै वडा कार्यालयहरुलाई आफ्नो टोलहरुमा निगरानी बढाउनुको साथै यस्तो महामारी फैलिएको व्यक्तिहरु माथि निगरानी बढाउन आदेश दिएको बताउनु भयो । अध्यक्ष अमिरीलाल प्रसादले बिभिन्न चौकहरुमा हात धुने ट्यान्कीको पानी र साबुन लगायत मास्क बितरण गरिएको बताउनु भयो । उहाले कोरोना भारस सम्बन्धी कुनैपनि व्यक्ति फेला परे गाउपालिकाले व्यवस्था गरिएको क्वारेन्टाइनमा राखी उपचार गरिने समेत बताउनु भयो ।
यता फेटा गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उपेन्द्र साहले देश बिदेशबाट आएका स्थानियहरुलाई चेकजाच गराउनुको साथै सबैको डाटा कलेक्सन गरिरहेको बताउनु भयो । उहाले कोरोना सम्बन्धी शंका लाग्ने व्यक्तिहरुलाई चेकजाच समेत गराइरहेको बताउनु भयो । फेटा गाउपालिका भित्र रहेका बजारहरुमा प्रहरीलाई लगाएर यस बिषयमा बुझाउन खोजेपनि स्थानियले बुझन समेत नचाहेको कारण समस्या थपिएको बताउनु भयो । फेटा गाउपालिका भित्र रहेका बजार लगायत केही स्थानमा रहेको पसलहरु केही बेरको लागि खुल्ने गरेको बताउनु भयो ।
१७ वटा टोल भएको फेटा गाउपालिकाका स्थानियले कोरोना भाइरसलाई मजाक नठानी आफ्नो घर भित्र बसी लक डाउनलाई सफल बनाउन फेटा गाउपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले अपिल गरेका छन् ।

Leave A Reply

Your email address will not be published.