Ultimate magazine theme for WordPress.

प्रहरी प्रशासनकै सहयोग र संरक्षणमा मनि चेन्जरहरुबाट अवैध तरिकाले बिदेशी मुद्राको कारोवार

78

पर्सा, १० असार / वीरगंजको दर्जनौ मनि चेन्जरहरुबाट भइरहेको अवैध तरिकाले विदेशी मुद्राको कारोवारलाई प्रहरी प्रशासनकै सहयोग र संरक्षण पाइरहेको बुझिन्छ । वीरगंजको दर्जनौ मनि चेन्जरहरुबाट प्रहरी प्रशासनले आर्थिकको प्रलोभनमा परेकै कारण खुल्याम तरिकाले विदेशी मुद्राको अवैध कारोवार सुचारु नै रहेको बुझिन्छ ।
मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगंजमा मनि चेन्जरहरुको बढोत्तरी भइरहेपनि अवैध रुपमा बिदेशी मुद्राको समेत कारोवार बढेको छ । छिमेकी राष्ट्र भारत लगायत चिन, अमेरिकन डलर, मलेसिया, साउदी, कतर लगायतका बिदेशी मुद्राको अवैध रुपले कारोवार बढेको हो । वीरगंजमा संचालन रहेका मनि चेन्जरहरु मध्ये अधिकांश मनि चेन्जरहरुबाट बिदेशी मुद्राको अवैध रुपले कारोवार बढेको छ । नेपाल राष्ट्र बैंकबाट मनि चेन्जरहरुले भारतीय १ सय रुपैया १५ पैसाको दरले लिने गरेको र ४० पैसाको दरले बिक्रि गर्ने प्रावधान रहेपनि ४ रुपैयाको दरले बिक्रि गर्ने गरेको रहस्य उजागर भएको छ । मनि चेन्जर संचालकहरुले भारतीय पैसामा मनपरी ढंगले रकम असुल गर्ने गरेतापनि सम्बन्धीत निकायको ध्यान जान नसकेको प्रष्ट हुन्छ । सम्बन्धीत निकायको मौनताले मनि चेन्जरहरुले आफ्नो अवैध कारोवारमा तिब्रता दिएका छन । जसका कारण आम सर्वसधारण उपभोक्ता ठगिको मारमा पर्ने गरेका हुन ।
नेपालको मनिचेन्जरहरुमा भारतीय ५ सय र २ हजारको रुपैया प्रतिवन्ध लगाइएपनि वीरगंजका अधिकांश मनि चेन्जरहरुमा ५ सय र २ हजारको नोट छ्यापछ्याप्ती फेला पर्न थालेको हो । मनि चेन्जरहरुले गरिरहेको अवैध कारोवारको बिषयमा बेला कुबेला समाचार प्रकाशित भइरहेपनि सम्बन्धीत निकायको ध्यान नजानु बिडम्बनाको बिषय बनेको छ । वीरगंजको अधिकांश मनि चेन्जरहरुमा सिसिटिभि केमरा समेत जडान गरिएको देखिदैन ।
यता अनुगमन गर्ने निकाय भनिएको नेपाल राष्ट्र बैंक, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय समेत मौन धारण गरेको पाइन्छ । अनुगमन गर्ने निकायले समेत मौन धारण गर्दा मनि चेन्जरहरुले आफ्नो मनोमानी ढंगले बिदेशी मुद्राको अवैध कारोवार खुल्ला रुपले गर्ने गरेको पाइन्छ । मनि चेन्जर संचालकहरुले बिदेशी मुद्राबाट कमाएको अकुत सम्पतीबाट अनुगमनकर्ताहरुलाई समेत दिने गरेको अनुगमन नगर्दा स्पष्ट बुझिन्छ ।
देश, बिदेशका मुद्राको कारोवार मनि चेन्जरबाट अवैध रुपले बिक्रि वितरण गर्न थालिएपनि मौन धारण गरेका अनुगमनकर्ताका कारण सेवाग्राहीहरु मर्कामा पर्दै आएका छन । यस बिषयमा पटक पटक समाजिक संजाल लगायत यस अनलाइनले समाचार प्रकाशित गरेपनि प्रहरी प्रशासन लगायतले केही चासो नदेखाउनुले आर्थिक चलखेल रहेको बारे प्रष्ट हुन्छ । तसर्थ ः यस बिषयमा प्रहरी प्रशासनका माथिल्लो निकाय लगायत अनुगमनकर्ताको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.