Ultimate magazine theme for WordPress.

प्रहरी निरीक्षककै मिलोमतोमा जोगवनी नाकाबाट फस्टायो तस्करी, सम्बन्धीत निकाय मौन

93

मोरङ १ फागुन / मोरङ जिल्लाको जोगवनी नाकाबाट प्रहरी निरीक्षककै मिलोमतोेमा व्यापक तस्करी बढेपनि सम्बन्धीत निकायको मौनताले सांगठनीक रुपमा तस्करीको लाइन खुलेको बुझिन्छ । ईलाका प्रहरी कार्यालय रानी मोरङका प्रमुख प्रहरी निरीक्षक महेन्द्र दर्लानकै मिलोमतोमा व्यापक रुपमा तस्करी बढेपनि सँबन्धीत निकायको मौनताले सांगठनीक रुपमा तस्करीको लाइन खुलेको बुझन थालिएको छ ।
हाल जोगवनी नाका मोरङ जिल्लाको सबै भन्दा ठुलो तस्करी हुने गरेको नाकाको रुपमा मानिन थालिएको छ । मोरङ जिल्लाको बिभिन्न नाकाबाट तस्करी गर्ने गिरोहहरु हाल जोगमनी नाका हुदै आफ्नो अवैध धन्दालाई तिब्रता दिन सफल भएका छन । प्रहरी जनताको सेवामा परिचालन भएको भनिएतापनि राष्ट्रकै राजस्वमा खल्ल पुरयाउने काम गर्दै आएको जोगमनी नाकामा हुने गरेको अवैध धन्दाले प्रष्ट पारेको छ ।
यता सीमा सुरक्षाको निम्ति खटिएका सशस्त्र प्रहरीले पनि सीमा नाकालाई कमाई खाने भाडोको रुपमा प्रयोग गर्दै आएको बुझिन्छ । बोर्डर आउट पोष्ट रानीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक बुद्ध श्रेष्ठको समेत सहयोग र संरक्षणमा तस्करी हुदै आएको स्थानीयले बताउछन । स्थानीयले जनाए अनुसार सशस्त्र प्रहरीले घुमुवाको माध्यमले तस्करीका रकम उठाउने गरेका छन भने नेपाल प्रहरीले पोशाकमै टोली परिचालन गरी अवैध धन्दाको रकम उठाउने गरेको बताए ।
बोर्डर आउट पोष्ट रानीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठले दुई जनालाई सादा पोशाकमा टोली परिचालन गरेको स्थानीय बताउछन । स्थानीयले दिएको जानकारी अनुसार उक्त नाकाबाट सुपारी, कपडा, केराउ, चिनि लगायतको तस्करी हुने गरेतापनि सम्बन्धीत निकाय मौन हुनुमा सांगठनीक रुपमा तस्करी खुलेको बारे सहजै अनुमान गर्न सकिने बताएका छन । सशस्त्र प्रहरी निरीक्षकले राजन र फणिन्द्र भनिनेलाई सादा पोशाकमा टोली परिचालन गरी रकम उठाउने गरेको अर्का स्थानीय बताउछन ।
जोगवनी नाका हुदै अकबर मिया, जनार्दन, ओम, सिता लगायत ६ जनाको समुहले कपडाको तस्करी गर्ने गरेका छन भने संकर भनिनेले सुपारी र बिनोद भनिनेले मरिच र केराउको तस्करी गर्ने गरेको स्थानीय बताउछन । उक्त नाकामा सुरेश र सम्पम भनिने सबै भन्दा ठुलो कपडा तस्करको मुख्य नाइकेको रुपमा चिनिने गरेको स्थानीयहरुले बताए ।
यता यस बिषयमा सशस्त्र प्रहरी निरीक्षक बुद्ध श्रेष्ठले आफ्नो क्षेत्र भित्र कुनै किसिमको अवैध कामहरु गर्न नदिएको बताएका छन । उनका अनुसार आफ्नो क्षेत्र भित्र पर्ने सबै नाकाहरुमा निगरानी बढाइएको समेत ठोकुवा गरे । फणिन्द्र भनिने कर्मचारी आफ्नो युनिटमा नरहेको तर राजन भनिनेले कहिलेकाही सुचना संकलनको निम्ति खटिने गरेको समेत जिकिर गरे । आफ्नो संगठनको नीति निर्देशन विपरीत कुनै किसिमको कार्य नगरेको बताउदै घरायसी समाग्री समेत भन्सार गराएर ल्याउन दिएको दावी गरे ।

Leave A Reply

Your email address will not be published.