Ultimate magazine theme for WordPress.

प्रहरी चौकी अगाडीबाटै भित्रिएको लाखौ बराबरको कपडा सशस्त्र प्रहरीद्वारा बरामद

225

उमेश दुबे
पर्सा, ८ श्रावण / भारतको रक्सौलबाट कपडा खरिद गरि अबैध तरिकाले नेपाल भित्रयाउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको छ । बिरगंज भन्सार राजस्व गस्ती टोलिका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खडकाको कमान्डमा खटिएको टोलिले रजतजन्ती चौकबाट लाखौ बराबरको कपडा बरामद गरेका हुन ।
प्रहरी चौकी इनर्वाबाट खटिएको टोलिलाइ मोटो रकमको नजराना बुझाए पश्चात् नेपाल भित्रयाउन सफल भएका थिए । तर नेपाल भित्रयाएपनी बिरगंजको रजतजन्ती चौक पुग्नसाथ तस्करहरू सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खडकाको गाडी हेर्नसाथ फरार भएको र अबैध तरिकाले भित्रयाएको कपडा पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।
बिरगंज भन्सार राजस्व गस्ती टोलिका प्रमुख प्रहरी नायब उपरीक्षक खडकाको अनुसार सोमबार राती करीब ८ बजेको समयमा अबैध तरिकाले भित्रयाएको कपडालाइ नियन्त्रणमा लिएको बताएका छन । रजतजन्ती चौकबाट पक्राउ गरेको कपडा र साइकल लगायत १ लाख ३५ हजार बराबरको रहेको बताउनु भयो । उहाले पक्राउ गरेको कपडा अवाश्यक कारवाहीको लागि बिरगंज भन्सार बुझाइएको बताउनु भयो ।
नेपाल र भारतको सीमा देखि रजत जन्ती चौकसम्म नेपाल प्रहरीले तीन ठाउमा चेक जाँच गरिरहेपनी अबैध तरिकाले मालसमान नेपाल भित्रिनु बिडम्बनाको बिषय बनेको छ ।

Leave A Reply

Your email address will not be published.