Ultimate magazine theme for WordPress.

प्रहरीकै सहयोग र संरक्षणमा इनर्वा गाउ हुदै नुनदेखि सुनसम्मको तस्करी

134

पर्सा, ३० श्रावण / मधेस प्रदेशको एक मात्र महानगर तथा मुलूककै आर्थिक नगरी बिरगंजको इनर्वा गाउ हुदै नुनदेखि सुनसम्मको तस्करी तिब्र रूपले अगाडी बढेको छ । प्रहरीकै सहयोग र संरक्षण पाए पश्चात ठुला बडा तस्करहरू बिरगंजको इनर्वा हुदै नूनदेखि सुनसम्मको तस्करीलाइ तिब्रता दिएको बुझिन्छ । अस्थायी प्रहरी पोस्ट इनर्वा गाउका प्रमुख प्रहरी सहायक निरीक्षक बल बहादुर तमाङ्ग गएदिनदेखि ठुला बडा तस्कर समुह उक्त नाकामा सलबलाउन थालेका छन । नूनदेखि सुनसम्मको तस्करी गर्न गराउनको निम्ति तस्कर समुहकै मुख्य नाइकेको इशारामा अस्थायी प्रहरी पोस्ट इनर्वामा प्रहरी सहायक निरीक्षक बल बहादुर तमाङ्गलाइ पठाइएको बारे ब्यापक चर्चाको बिषय बनेको छ । स्थानीय तहको निर्वाचन पश्चात तस्कर समुहकै इशारा र पावरको अधारमा प्रहरी सहायक निरीक्षक तमाङ्गलाइ अस्थायी प्रहरी पोस्ट इनर्वाको जिम्मा दिइएको बताइन्छ । बिरगंज भन्सार अगाडीबाट कहिले काहि सशस्त्र प्रहरीले निगरानी बढाउन थालिएको कारण तस्कर समुहलाइ समस्या हुने गरेकै कारण इनर्वा गाउ हुदै तस्करीको लाइन खुल्ला गरिएको बुझिन्छ । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीका केहि कर्मचारीलाइ मिलाइ तस्करीका समान अबैध तरिकाले नेपाल भित्रयाउने गरेको र शान्ति सुरक्षामा खटिएका नेपाल प्रहरीले संरक्षण गर्दै गोदामसम्म पुरयाउने गरेको कारण तस्करीको धन्दा मौलाउदै गएको बुझिन्छ । एक जना प्रहरी श्रोतका अनुसार इनर्वा गाउ हालको समयमा तस्करहरूको अखडामा रूपान्तरण भएको बारे दुइमत नरहेको बताए । अस्थायी प्रहरी पोस्ट इनर्वा गाउबाट माथिल्लो निकायसम्म रकम बुझाउने गरेकै कारण तस्करीको कार्य फस्टाएको बारे दुखेसो पोखे । उनले आफ्नो संगठनको बिरोध अथवा पक्षमा बोल्न नमिल्ने बताउदै आफ्नो नाम गोप्य राख्ने सर्तमा इनर्वा गाउ हुदै ७ जनाको समुहलाइ तस्करीको लाइन दिइएको बताए । उनका अनुसार इनर्वा हुदै अनिल, इमरान, मुन्ना, राजकुमार, सेखावत, मालति, दिपक लगायत ७ जनाको समुहलाइ तस्करीको लाइन दिएको स्विकारे । ७ जना समुहले हालको समयमा कपडाको तस्करी गर्ने गरेको रहस्य समेत उजागर भएको छ । भारतबाट प्रती दिन करिब २ सय देखि २ सय ५० गेठिया कपडासम्म अबैध तरिकाले नेपाल भित्रिने गरेको बताइन्छ । अबैध तरिकाले भित्रिने कपडा ट्रान्सपोर्टको माध्यमले नेपालको बिभिन्न ठाउहरूमा पुग्ने गरेको बताइन्छ । बिरगंज महानगर भित्र रहेको अधिकान्स ट्रान्सपोर्टबाट तस्करीको मालसमान सजिलै मुलूकको बिभिन्न ठाउहरूमा पुग्ने गरेको यस तस्करी घटनाले प्रमानित समेत गरेको छ । प्रहरी संगठनकै निति निर्देशन अनुरूप तस्करीको लाइन खोलिएको एक उच्च अधिकारीले बताएका छन । स्थानीयदेखि प्रदेश प्रहरी लगायत प्रहरी प्रधान कार्यालयको समेत सेन्डिगेटका कारण तस्करी लाइन खोलिएको बारे संगठन भित्रै चर्चाको बिषय बनेको छ । तसर्थ : यस बिषयमा सम्बन्धित निकायको ध्यान जान अति अवाश्यक रहेको देखिन्छ ।

Leave A Reply

Your email address will not be published.