Ultimate magazine theme for WordPress.

प्रदुषणले राम जानकी मन्दिरमा भक्तजन जान छाडे, नगर प्रमुख मौन

318

पर्सा, ०४ श्रावण / वीरगंज महानगरपालिकाको रानिघाट स्थित स्थापना रहेको राम जानकी मन्दिरमा श्रीसिया नदीको प्रदुषणका कारण भक्तजनहरुमा कमी हुन थालिएको छ । वीरगंज महानगरपालिकाको लापरवाहीले गर्दा श्रीसिया नदीको प्रदुषणले स्थानीय लगायत रामजानकी मन्दिरमा जाने भक्तजनहरु मारमा पर्दै गएका हुन ।
मधेस प्रदेशको एक मात्र महानगरपालिकाको रुपमा रहेको वीरगंजको सफाई लगायत प्रदुषण मुक्त बनाउने जिम्मेवारी महानगरले लिएपनि केही वास्ता नै नदेखाएको कारण स्थानीय लगायत भक्तजनहरु मारमा परेका छन । सयौ बर्ष पुरानो मन्दिरको रुपमा रहेको राम जानकी मन्दिरमा जाने भक्तजनहरु श्रीसिया नदीबाट निस्केको प्रदुषणका कारण कमी हुन थालिएको पुजारी बताउछन ।
स्थानीय निर्वाचन अगाडी ठुला भाषण गर्दै हिडने मेयर राजेशमान सिंहले निर्वाचन सम्पन्न भए पश्चात सरसफाईको बिषयमा केही चासो नै नदेखाएको कारण श्रीसिया नदी दुर्गन्धित बन्दै गएको आरोप पुजारीले लगाएका छन । श्रीसिया नदीमा जथाभावी फोहर मैला फाल्नुको साथै बिभिन्न उद्योगहरुबाट निस्केको फोहर पानीका कारण श्रीसिया नदी दुर्गन्धित बन्दै गएको पुजारी उपाध्यायले बताउनु भयो ।
राम जानकी मन्दिरका पुजारी उपाध्यायका अनुसार मठ मन्दिर संरक्षण गर्न हामी सबै नेपालीको दायीत्व रहेपनि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको लापरवाहीले मन्दिरको अवस्था दैनिय हुदै गएको आरोप लगाए । उनका अनुसार स्थानीयहरुले मर्ने जिउ जन्तु समेत श्रीसिया नदीमा फाल्ने गरेका कारण फोहर पानी र मर्ने जिउ जन्तुले फैलिएको दुर्गन्धले मन्दिरमा आउने भक्तजनहरुमा कमी भएको स्विकार गरे । मन्दिरको संरक्षण सके जति आफुहरु गरिरहेको तर श्रीसिया नदीको सफाई महानगरले नै गर्नु पर्ने, उनले बताए ।
यता वीरगंज महानगरपालिका कर्मचारीको लापरवाही मात्र नभई मेयर राजेशमान सिंहको लापरवाहीले गर्दा सो क्षेत्र दुर्गन्धित बन्दै गएको आरोप वीरगंज महानगरपालिकाको कर्मचारी नै बताउछन । उनका अनुसार निर्वाचन भन्दा अगाडी ठुला ठुला भाषण गर्दै हिडने मेयर राजेशमान सिंह निर्वाचित हुन लगतै उद्योगपतिहरु संग सहकार्य गरेकै कारण श्रीसिया नदीको अवस्था यस्तो हुन पुगेको आरोप लगाए ।
यस बिषयमा वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह संग पटक पटक बुझन खोज्दा उहाले सम्पर्कमा आउन चाहेन्न । स्वच्छ वीरगंज बनाउने धारणा व्यक्त गरेका मेयर सिंहले निर्वाचित भइसके पश्चात एक हप्तामै सुस्ताएको बारे छर्लङ भइसकेको छ । आफुलाई वीरगंजको छोरा बताउने मेयर राजेशमान सिंहका कारण महानगरपालिकाको विभिन्न वडावासीहरु दुर्गन्ध क्षेत्रमा बस्न बाध्य छन ।

Leave A Reply

Your email address will not be published.