Ultimate magazine theme for WordPress.

प्याब्सन जुनियर नकआउट फुटबल प्रतियोगिता आजदेखि बिरगंजमा सुरु

24

बिरगंज , ०७ फागुन । बिरगंजमा आजदेखि प्याब्सन जुनियर नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल नगर समिति वीरगञ्जको आयोजनामा प्रतियोगिता शुरु भएको हो । नारायणी रंगशालामा आयोजित प्रतियोगितामा आज ४ वटा खेल सम्पन्न भएका छन् । पहिलो खेलमा न्यू वेभले विकन माविलाई २–० ले पराजित गरेको छ । प्रतियोगितमा आजै भएको दोस्रो खेलमा एसआर ग्यालेक्सी विजयी भएको छ । एसआर ग्यालेक्सीले एनईएस स्कुललाई १–० गोल अन्तरले पराजित गरेको हो । तेस्रो खेलमा लिटल फ्लावर स्कुलले माउन्ट मकालुलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । लिटल फ्लावरले माउन्ट मकालुलाई ७–० गोल अन्तरले पराजित गरेको प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिनुभयो । आजको चौथो तथा अन्तिम खेलमा जीत निकाल्न साउथ जोन स्कुल विजयी भएको छ । ओम नेशनल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दैै साउथ जोन विजयी भएको हो । प्रतियोगिताको वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा २५ वटा टिम सहभागी रहेको प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिनुभयो । उद्घाटन समारोहमा प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीहरुले मार्च पास प्रदर्शन गरेका थिए । मार्च पास मनकामना मावि प्रथम,साउथ जोन मावि द्वितिय र सनराईज मावि तेस्रो भएको थियो ।

Leave A Reply

Your email address will not be published.