Ultimate magazine theme for WordPress.

पूनर्निर्माणकाे गति तिव्र बनाउन प्रधानमन्त्रीको प्राधिकरणलाई निर्देशन

43

राष्ट्रिय पूनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक सोमबार बिहान सिंहदरबारमा सम्पन्न भएको छ।

प्रधानमन्त्री तथा निर्देशक समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय पूनर्निर्माण प्राधिकरणले सञ्चालन गर्ने पूनर्निर्माण कोष सम्बन्धि कार्यविधिमा कोष परिचालन र नियन्त्रणसम्बन्धि व्यवस्थाका लागि मन्त्रीपरिषदमा सिफारिस गर्ने, भूकम्प प्रभावित लाभग्राही सूचीमा समावेश हुन छुटेको भनी आएका गुनासोकर्ताहरुको गुनासोबारे पून सर्वेक्षण गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पको पूनर्निर्माणमा भइरहेको ढिलाईबारे बैठकलाई सचेत गराउँदै दु्रत गतिमा काम अघि बढाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री दाहालले भने, ‘मेरो सबैभन्दा धेरै चासो र चिन्ता भूकम्पको पूनर्निर्माण र निजी आवास निर्माणमा छ। भूकम्प गएको २ वर्ष पुग्न लाग्दासमेत जनताका घर बन्न सकेका छैनन्। पहिलो किस्ता राहत वितरणको काम सन्तोषजनक भएपनि अरु काम प्रभावकारी हुन सकेका छैनन्। प्राधिकरणको ध्यान त्यतातिर जाओस्, अब हामीले ढिलाई गर्नु हुँदैन।’

Leave A Reply

Your email address will not be published.