Ultimate magazine theme for WordPress.

पाँच बुँदे माग राख्दै संघीय विद्यार्थी संगठनद्वारा आन्दोलन घोषणा

95

काठमाडौं, फागुन  ५ :संघीय विद्यार्थी संगठनले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । समाजवादी विद्यार्थी फोरम नेपाल ,समाजवादी बिधार्थी संघ देखि विप्लव नेतृत्वको पार्टी निकट अखिल (क्रान्तिकारी) लगायत १२ वटा विद्यार्थी संगठन आबद्व मोर्चाले आन्दोलनको घोषणा गरेको हो ।

राजधानीमा बिहिबार पत्रकार सम्मेलन गरी पाँच बुँदे माग प्रस्तुत गर्दै उनीहरुले आन्दोलनको उद्घोष गरेका हुन् । स्ववियु चुनाव पूर्ण समानुपातिक समावेशी हुनु पर्ने, चुनावमा कायम गरिएको सिन्डिकेट खारेज हुनु पर्ने, फर्जी भर्ना खारेजी, सार्थक वार्ताको वातावरण निर्माण लगायत पाँच बुँदे माग सार्वजनिक गरिएको छ ।

संघीय विद्यार्थी संगठनले फागुन ८ गते स्ववियु क्याम्पसहरुमा विरोधसभा, ९ गते क्याम्पसहरुमा क्याम्पस प्रमुख र निर्वाचन अधिकृतलाई प्रबेश निषेध गर्ने, १३ र १४ देशैभरीका यातायात बन्द लगायत आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

Leave A Reply

Your email address will not be published.