Ultimate magazine theme for WordPress.

पहाडलाई तराईबाट अलग्याए देश कमजोरः नेता पोखरेल

68

पाल्पा, पुस २८  : नेकपा (एमाले) स्थायी समिति सदस्य शङ्कर पोखरेलले पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई तराईबाट अलग गरे देश कमजोर हुने बताएका छन्। पाँच नम्बर प्रदेश विभाजनविरुद्ध संयुक्त सङ्घर्ष समितिको आयोजनामा बुधबार तानसेनमा आयोजित विरोधसभामा उनले भने, ‘सरकारले पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई चार नम्बर प्रदेशमा गाभ्ने प्रस्ताव नै षड्यन्त्रपूर्वक ल्याएको छ।’

नेता पोखरेलले अहिलेको अवस्थामा पहाड र तराईलाई छुट्याएर अलगअलग राज्य बनाउन कुनै हालतमा पनि दिन नहुने बताए।

राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेलले नेपाली जनताले छ दशकभन्दा बढी समय लडेर ल्याएको गणतन्त्र सङ्घीयताकै कारण धरापमा पर्न दिन नहुने धारणा व्यक्त गरे।

नेकपा मालेकी सांसद कमला विकले तराई र पहाडलाई अलग गर्नु उपयुक्त नभएको बताउँदै पाँच नम्बर प्रदेश विभाजनवरुद्ध संसदमा निरन्तर कुरा उठाउने जानकारी दिइन्। रासस

Leave A Reply

Your email address will not be published.