उमेश दुबे
पर्सा, १२ भाद्र / बिरगंज भन्सार अगाडीबाटै हुने गरेको मदिरा सहित तस्कर र मोटरसाइकल पर्सा प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । दिनहु बिरगंज भन्सार अगाडीबाटै हुने गरेको मदिरा तस्करीको बिषयमा जानकारी हुनसाथ जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखाको टोलिले मदिरा सहित दुइ जना तस्कर र दुई थान मोटरसाइकल नियन्त्रणमा लिन सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोद ढुङ्गेललाइ स्थानीय केहि ब्यक्तिले मदिरा तस्करीको बिषयमा जानकारी गराउनसाथ अपराध अनुसन्धान शाखाबाट खटिएको टोलिले मितेरी पुल तलबाट पक्राउ गर्न सफल भएको जनाइएको छ । बिगत लामो समयदेखी बिरगंज भन्सार र सन्क्राचार्य मुल प्रवेशद्वार अगाडी खटने नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई मासिक रूपमै नजराना बुझाउदै, गर्दै आएको मदिरा तस्करी नियन्त्रणका लागि खटिएको टोलिले तस्कर सहित मोटरसाइकल बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।
पर्सा प्रहरीले १२ वटा कार्टुन सहित २ थान मोटरसाइकल समेत बरामद गरिएको जनाएको छ । बिआर ०५ एबि ८३९७ अपाची र बिआर २२ एल ०१४४ नम्बरको सुपर स्पेलेन्डर मोटरसाइकल सहित भारतीय नागरिक उपेन्द्र कुमार राम र दिपेश कुमार चौरसियालाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।