Ultimate magazine theme for WordPress.

पर्सा प्रहरीको तान्डव, बिल बिजक भएको समेत मालसामान पक्राउ गर्न पछि हटेन्न (भिडियो सहित)

665

पर्सा, ३ चैत / जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले बिल बिजक भएको मालसमान पक्राउ गर्नबाट पछि हटेन्न भन्ने चरितार्थ बनेपनि माथिल्लो निकाय मौन बसेका छन । प्रहरी उपरीक्षकको रूपमा महिला प्रहरी प्रमुख पर्सा जिल्ला पाएपनी आफ्नो मनमानी तरिकाले कार्य गरिरहेको भिडियो सार्वजनिक भएको हो ।
पर्सा प्रहरीले चौतर्फी रकम लूटन खोजेपछी ब्यवसायहरू आजित भएका छन । नेपालबाट खरिद गरिएको मालसमान नेपालमै लग्न पाइने प्रावधान रहेपनी पर्सा प्रहरीले आफ्नो पेशा र वर्दीको फाइदा उठाउदै दबङ्गै पाराले ब्यवसाय गरि बसेकाहरूलाइ दु:ख दिदै आइरहेको प्रष्ट भएको छ । बिरगंजमा ब्यपार ब्यवसाय गरि बसेकाहरूले पर्सा प्रहरीको ज्यादती खेप्दै आइरहेपनी समबन्धित निकायको ध्यान पुग्न सकेको छैन ।


शान्ती सुरक्षाको जिम्मेवारी पाएका नेपाल प्रहरीले आफ्नो पेशालाइ बदनाम गर्दै जथाभावी मालसामान पक्राउ गर्न थालेपछी स्थानीय ब्यपारीहरू प्रदेश सरकारलाइ गुहारेका थिए । प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउत गद्दीले पर्सा प्रहरीको ज्यादतीको बिषयमा प्रहरी प्रमुखलाइ ध्यानाकर्षण गराएपनी गद्दीको आदेशलाइ खिल्ली उडाउदै पर्सा प्रहरीको ज्यादती झन बढेको बताइन्छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिने क्राइम टोलि र क्युआरटी टोलिले अबैध तरिकाले कार्य गर्ने गिरोह सङ्ग मोटो रकमको नजराना बुझेपनी बिल बिजक भएको मालसामान पक्राउ गर्न थालिएको जिल्ला प्रहरी कार्यालय पर्सा श्रोतले जनाएको छ । एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा लागेका क्राइम टोलि र क्युआरटी टोलिले ग्रामीण नाकाको साथ साथै बिरगंजको नजिकै पर्ने अलौ नाकाबाट तस्करी सुचारु गरेका छन । आफुलाइ इमान्दार ठानिने भ्रष्ट कर्मचारीले गर्दा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गङ्गा पन्त माथी पनि शन्काको बिषय बनेको छ ।

Leave A Reply

Your email address will not be published.