Ultimate magazine theme for WordPress.

पर्सा जिल्लाको सीमा नाकामा बढ्यो तस्करी, स्थानीय प्रहरी प्रशासन रकममा लिप्त

339

उमेश दुबे
पर्सा, ५ भदौ / पर्सा जिल्ला, मुलुकमै एउटा महत्वपूर्ण जिल्लाको रुपमा मानिएपनि प्रहरीहरुको फितलो काम कारवाहीका कारण सीमा नाकाहरुबाट तस्करी कार्य दिनप्रति दिन बढ्दै गएको छ । आफ्नो पावरको प्रयोग गर्दै सीमा नाकामा पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका कमाण्डरहरुका कारण पर्सा जिल्लाको सीमा नाकाहरुबाट दिनप्रति दिन तस्करी कार्य बढ्दै गएको हो ।
राजनीति पावरको अधारमा सीमा नाकाहरुमा पुगेका प्रहरी निरीक्षकहरुले कमाण्ड सम्भालेको एक हप्ता नबितिदै तस्करी कार्य फस्टाउनुले संगठनको इमान्दारीता र संगठन प्रमुखको नीति निर्देशन माथि नै प्रश्ण चिन्ह खडा हुन थालिएको छ । प्रहरी संगठनमा प्रति दिन बढ्दै गएको राजनीति हस्तक्षेपका कारण सीमा नाकाहरुबाट तस्करी कार्य रोक्न नसकिएको बिषय व्यापक चर्चाको बिषय बनेको छ । पर्सा जिल्ला मात्र नभई मुलुकको मुख्य नाकाको रुपमा चिनिने वीरगंज भन्सार लगायत ग्रामिण भेगका नाकाहरुबाट समेत तस्करी कार्य बढेको पाइन्छ ।
मुख्य भन्सारको रुपमा चिनिने वीरगंज भन्सारको मुल गेट अगाडीबाटै दर्जनौ तस्करहरु सकृय रहेको एक घटनाले उजागर समेत पारेको छ । वीरगंज भन्सारको मुल गेट अगाडीबाटै तस्करी कार्य बढेको बारे सुचना पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले नेपाली नम्बर २ वटा टेम्पु सहित करिब ५ लाख बराबरको कपडा बरामद गरेको थियो । उक्त घटनाले सशस्त्र प्रहरी निरीक्षकको आग्मन भएको एक हप्ता नबितिदै तस्करी चलाएको बारे प्रमाणित हुदा हुदै संगठनले केही कारवाही नगर्नुले सांगठनिक रुपमा तस्करी कार्य बढेको बारे प्रमाणित समेत भएको छ ।
वीरगंज भन्सार अगाडीबाट मुन्ना, भोला, सुरेन्द्र, बिनोद, मुख्तार लगायत दर्जनौ तस्करहरु आफ्नो अवैध कार्य गर्न सकृय रहेका छन । तर सीमा नाकाबाट अवैध काम गर्न नदिने जिम्मेवारी लिएका सशस्त्र प्रहरी लगायत नेपाल प्रहरीले मौन धारण नै गरेका छन । त्यति मात्र नभई स्थानीय प्रहरी चौकी इनर्वाका प्रमुख बरिष्ट प्रहरी नायब निरीक्षक हिमाल भण्डारी समेत तस्करी गर्ने तस्कर गिरोह संग रकम लिएकै कारण तस्करी रोक्न नसकिएको यस घटनाले प्रमाणित गरेको छ । तर जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख लगायत मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआईजी मसाउद आलम खा“ले कारवाही गर्न नसक्नुले प्रहरीको मिलोमतो रहेको बारे प्रष्ट बुझन सकिन्छ ।
त्यस्तै पर्साको अलौ नाकाको प्रयोग गर्दै तस्करहरुले मोबाइल पार्टसको कारोवारलाई तिब्रता दिएका छन । साइकल, मोटरसाइकलमा मात्र नभई टेम्पुकै माध्यमले मोवाइल पार्टस लगायत कपडाको तस्करीमा तिब्रता देखिएको स्थानीयले नै सप्रमाण सहित यस पत्रिका माझ राखेका छन । स्थानीयका अनुसार बोर्डर आउट पोष्ट अलौ र स्थानीय प्रहरी चौकीको मिलोमतोमा तस्करी कार्य बढेको बताए । उनका अनुसार मनोज यादव नामक तस्करले साइकल, मोटरसाइकलका साथै टेम्पुमा समेत मोबाइल पार्टस र कपडाको तस्करी गर्ने गरेको बताए ।
यता नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा नाकाबाट तस्करी बन्द रहेको र त्यस्तो गर्नेहरुलाई कानुनी दायरामा ल्याउने बताइरहेपनि मात्र प्रहरीको भनाईमा नै सिमित रहने गरेको प्रमाणित समेत भएको छ । राति राति मात्र नभई दिनभरी तस्करीको कार्य जोर तोडले बढेको स्थानीय बताउछन । प्रहरीहरुको उक्त रवैयाले स्थानीय सर्वसधारण नेपाली जनताले प्रहरी माथि गरेको बिश्वास गुम्दै गएको समेत दुखेसो पोखे । तसर्थः यस्ता कृयाकलाप गर्ने र गराउने दुबै माथि प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुखहरुको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.